नगरकोट, २९ फागुन–नगरकोट नाल्दुम पर्यटन समितिको आठौं अधिवेशन सम्पन्न भएको छ । 

नगरकोटको होटल प्याराडाइज इनमा भएको अधिवेशले नविन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

धिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा धनबहादुर लामा, सचिवमा प्रदिप अधिकारी, कोषाध्यक्षमा विष्णु तामाङ, प्रवक्तामा रोहित मोक्तान र सदस्यहरुमा क्यारोन ध्वोजु, डम्बर तामाङ, आशिस भ्वजुं, धिरज वाइवा, नरेशभक्त श्रेष्ठ, राजकुमार मल्ल र निशान्त रत्न बस्ताकोटीलाई जिम्मेवारी दिएको छ ।  
समितिले नगरकोटको पर्यटन विकासमा काम गर्दै आइरहेको छ । 

मण्डन देउपुर नगरपालिका वडा नं. २ का अध्यक्ष केशव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । कार्यसमितिको अध्यक्ष बन्नु भएका नविन गुरुङले आफ्नो कार्यकालमा नगरकोटको पर्यटन विकासको लागि अहोरात्र खट्ने बताउनुभयो ।