काठमाडौँ, २१ मंसिर– राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले विहिबार बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यमिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । 

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।