धनगढी, २० मंसिर – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जंगबहादुर विकलाई दुर्व्यवहार गरेको आरोपमा नयाँ शक्ति नेपालका एक नेता पक्राउ परेका छन् । 

नयाँ शक्ति पार्टी नेपालका नेता तथा केन्द्रिय संरक्षक परिषद्का सदस्य खड्क साउद पक्राउ परेका हुन्  । वडा अध्यक्ष विकले साउदले आफूलाई दलित भनी दुव्र्यवहार गरेको उजुरी दिएपछि साउदलाई प्रहरीले पक्राउ गरिएको हो । 

गौरीगंगा नगरपालिका वडा नम्बर ५ को मोहन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी चयनका विषयमा विवाद भएको र साउदले आफूमाथि हातपात गरेको विकले दिएको उजुरीमा उल्लेख गरिएको छ । 

साउद वि?द्ध सामाजिक कसुर अन्तर्गत कारबाही गर्न जिल्ला प्रसाशन कार्यालय कैलालीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।