मुम्बई ११ असोज - ड्रग्स लिएको मामिलामा बलिउड अभिनेत्री दीपिका पादुकोणसहित सारा अली खान र श्रद्धा कपुरसँग भारतीय लागुऔषध नियन्त्रण ब्युरो एनसिबीले हिजो लामो समय सोधपुछ गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा ड्रग्स मामिला जोडिएपछि सुरु भएको यो सिलसिलाले धेरै कलाकारहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ । 

अनुसन्धानको क्रममा गरिएको प्रश्नले भारतीय अभिनेत्री दीपिका पादुकोण रोएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै एनसिबीले गरेको प्रश्नमा चित्त बुझ्दो उत्तर नपाएपछि अभिनेत्रीहरुसमेत करिब ७ जनाको मोबाइल जफत गरेको बताइएको छ । 
उक्त मोबाइलबाट अझै सहि र तथ्य कुरा थाहा पाउने आकलन एनसिबीको छ ।