प्रस्तोता समाजद्वारा एनसेल सम्मानित


Wednesday, 11 Jan, 2017 2:58 PM


एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचन (दायाँ) प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माबाट कदरपत्र ग्रहण गर्दै ।

 

पौष २६, काठमाडौं- जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्तर्गतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।
 


प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’ का अवसरमा एनसेललाई मंगलबार उसले रोयल्टी संकलनमा गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरेको हो । प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले उक्त कदरपत्र एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई हस्तान्तरण गरेका थिए ।
 


दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना (जुलाई देखि अक्टोबर २०१६) को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ । रोयल्टी रुवस्प प्राप्त गरेको रकमका आधारमा गायिका अन्जु पन्तले उक्त चार महिनामा सबैभन्दा बढि रु १,४४,२९९ रोयल्टी प्राप्त गरेकी छिन् । गायक प्रमोद खरेलले रु ८५,१४५ रोयल्टी प्राप्त गरेका छन् भने गायक विष्णु माझिले रु ५६,५६४ रोयल्टी पाएका छन् ।
 


कार्यक्रमका प्रमुख अतिथी विकास समितीका सभापति रविन्द्र अधिकारीले रोयल्टी अन्य क्षेत्रबाट पनि उठाउनु पर्ने र यो नयाँ युगको सुरुवात भएको बताउदै एनसेललाई रोयल्टी संकलनको प्रणालीमा आएकोमा विषेश धन्यवाद दिए । गायक गायिकाको तर्फबाट बोल्दै गायक स्वरुप राज आचार्यले सो रोयल्टी वितरण समारोह साँच्चै नै ऐतिहासिक रहेको र नेपालमा छोटो समयमा नै रोयल्टी सम्बन्धि जनचेतना आएको बताए ।
 


“एनसेलले आरबिटी रोयल्टी बापत चार महिनामा बुझाएको रकम हामीले वितरण गरेका छौ ।” प्रस्तोता समाजका अध्यक्ष शर्माले भने । “यो गायक गायिका प्रस्तोताहरु प्रति गरिएको सम्मान र उहाँहरुलाई दिईएको प्रोत्साहन हो ।”
 


सोही समारोहमा वरिष्ठ गायक गायिका, स्रष्टा, वाद्यवाद्यकहरुलाई पनि सम्मान गरिएको छ । प्रस्तोता समाजले वरिष्ठ गायक प्रेम ध्वज प्रधान, भजन शिरोमणी भक्तराज आचार्य, वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गायक पूर्ण नेपाली, वरिष्ठ गायिका तिर्थ कुमारी थापा, वरिष्ठ वाद्यवादक सुसिला अमात्य लगायत १० जनालाई जनही रु १०,००५ सहित सम्मान तथा कदर पत्र प्रदान गरेको छ ।

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top