काठमाडौं, ८ कार्तिक – एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन् ।

यो अफर बिहीबार ९कार्तिक ८० बाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।  

कर बाहेक रु १५ ९कर सहित रु १९।१५० शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ ९कर सहित रु ९५ंंं।७७० शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स१७१२३एष्ट्रिक्स४४ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।   

चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्द पुर्याउने विश्वास एनसेलले लिएको छ ।