काठमाडौंँ, ६ फागुन - नेहासंग ब्रेकअप भएको लगभग एक बर्षपछि उनका एक्स ब्वायफे्रन्ड हिमांश कोहलीले ब्रेकअपका बारेमा मुख खोलेका छन् ।

उनले भनेका छन् सम्बन्ध टुट्नुमा नेहाको ठुलो हात छ मैले त विवाहको प्लान समेत गरिसकेको थिएँ तर नेहा नै थिइन जो हाम्रो सम्बन्धलाई अगाडी बढाउन चाहँदैन थिइन् ।

उनी भन्छन् सार्वजनिक रुपमा नेहाको जसरी रुँदै, आफुलाइ सही र उसलाई गलत भन्दै म हिँड्न सक्दिनँ किनकी उनलाई मैले कुनै समय माया गरेको थिए ।नेहाले जे भनिन् जस्तो सुनाइन् दर्शकहरुबाट त्यस्तै बुझियो र मलाइ भिलेन बनाइयो।

त्यस्तै, उनले आफ्नो पहिचान नेहामा गएर रोकिएको बताएका छन् । भारतीय सञ्चारमाध्यमसंगको कुराकानीमा उनले भने 'मेरो पहिचान मैले पछिल्लो समय काम गरेको फिल्म यांिरयाँ बाट बनाइसकेको थिएँ जबकी नेहालाई मैले त्यो भन्दा पछि मात्र भेटेको थिएँ  तर अहिले मलाइ मेरो नामले भन्दा पनि नेहाकोे एक्स ब्वायफे्रन्ड भनेर बोलाइन्छ यसो गर्दा चित्त दुख्छ ।'