काठमाडौ, २ बैशाख– चीन भ्रमणमा रहनुभएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले आज सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गर्नुभएको हो ।

महासचिव पौडेल शनिबार चीन जानुभएको हो ।

चीन भ्रमणका क्रममा पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।