काठमाडौं, २३ मंसिर–प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक शुरू भएको छ । पार्टी कार्यालय धुम्बाराईमा बैठक शुरुभएको हो ।

सचिवालयको अघिल्लो बैठकले तल्ला कमिटीहरूसँग उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको थियो । आजको बैठकमा उपनिर्वाचनको नतिजाबारे समीक्षाका साथै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका सन्दर्भमा आफूले तयार पारेको ६ महिने कार्ययोजना समेत प्रस्तुत गर्ने कार्यसूची रहेको बुझिएको छ ।