आमुख 
नेपाल पुनःएकीकरण आधुनिक राष्ट्र नेपालको निर्माण बारे इतिहाँसमा पृथ्वीनारायाण शाहले  निर्वाह गरेको भुमीकाको मुल्याङ्कन ऐतिहाँसिक भौतिक वादी सिद्धान्तको जगमा गर्नु पर्छ । एउटा सानो गोखा राज्यका राजा पृथ्वीनारायण शाहले विशेष योजनाका साथ आफ्ना भाइभारदारहरू र जनताको सहयोगमा विशाल राष्ट्र नेपाल निर्माण गर्ने महान अभियान छेडने कुरा सामान्य कुरा थिएन । तत्कालिन विश्व परिवेसमा छरिएर रहेका स–साना भुरे टाकुरे, राज्यहरूलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्र निर्माण गर्न सम्भव थिएन् । त्यतिवेला शान्ती पूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहाँस संसारमै कहिँ कतै पनि भेटिदैन् । अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रार्य सबै राष्ट्राहरूको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको हतियार बद्धयुद्धको प्रकृया बाटै हुन पुगेको छ । जस्तैः रुसका राष्ट्र निर्माता सम्राट जार, चीनका राष्ट्र निर्माता सी ह्वाङ्ग ती, जर्मनका राष्ट्र निर्माता विस्मार्क, फ्रान्सका राष्ट्र निर्माता नेपोलियन, भारतका राष्ट्र निर्माता अशोक आदी देशहरू वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धहरूको विधिबाटै निर्माण भएका हुन् ।

आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकबादी दृष्टिकोणबाट मुल्याङ्कन गर्दा  न्याय संगत र वैज्ञानिक हुन्छ । इतिहासमा व्यक्तिको भूमिकाबारे एंगेल्स भन्नुहुन्छ, “महापुरुषहरू जन्मनुमा सामाजिक साँचोले आधारको काम गर्छ, मानिसमा भएको विशिष्ट क्षमताले उसलाई समाजकै वक्ता बनाई दिन्छ ।” आधुनिक राष्ट्र नेपाल निर्माणको युगिन कार्यलाई गोर्खाको सानो राजा  पृथ्वीनारायाण शाह को ठुलो देशको राजा बन्ने दाउको रुपमा बुझ्नु गल्ति हुन्छ । पृथ्वीनारायण पनि नेपालको इतिहासमा द्वन्द्ववाद÷दूरदर्शी आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्याङ्कन हुन्छ । 

 विषय विस्तार
नेपालको तत्कालिन परिस्थिती स–साना राज्यहरूमा विभक्त बाइसे चौविसे राज्यहरू, उपत्यकाका मल्ल राज्यहरू, सेन राज्यहरू आदि राज्यहरूमा आन्तरिक कलह र कचिङ्गलले गर्दा त्यस राज्यका जनता वाक दिक्क हुनुका साथै प्रताडित थिए । त्यतिवेला वृटिस साम्राज्यवादी साजिससँग जोडिएको इष्ट–इन्डिया कम्पनीको प्रतिकुल प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई नकार्न मिल्ने अवस्था थिएन । यस्तो साम्राज्यवादी साजिसलाई मिहिन पाराले नियालिरहेका पृथ्वीनारायाण शाहले त्यतिवेलाको राज्य रजौटाहरूलाई एकिकरण गरी विशाल राष्ट्र निर्माण नगरे साम्राज्यवादीको विस्तारबाट नेपाललाई वचाउन सकिदैन भन्ने बुझे । सोही बुझेर युगिन कार्यभार पुरा गर्न पृथ्वीनारायाण शाहले एकिकरण अभियान आरम्भ गरे । यसै सन्दभ्रमा प्लेखानोभको भनाइ छ, इतिहासका महापुरुषहरू आ–आफ्नो समयका उपज हुन् । तिनीहरू सामाजिक आवश्यकताअनुरुप जन्मछन् । पृथ्वीनारायाण शाह पनि तत्कालिन वस्तुगत परिस्थितीको आवश्यकताले जन्माएका ऐतिहासिक योद्धा हुन । 

पृथ्वीनारायाण शाहले आधुनिक राष्ट्र निर्माण गर्न प्रतिद्वन्दीसँग वैवाहिक र मितेरी सम्वन्ध कायम गर्ने । ब्यापारिक घाँटिको नाकावन्दी गर्ने । युद्ध उपर्यूक्त किल्लाको अधिग्रहण र सैनिक चौकिको स्थापना । सैनिक शक्ति वृद्धिका लागि आधुनिक खरखजानाको जोर जम्मा गर्ने । विजय प्राप्त क्षेत्रका जनताहरूको अधिकार सहितको सुरक्षा गर्नुका साथै सामाजिक न्याय दिने र युद्धमा सहभागी भाइभारदारहरूलाई यथोचित मर्यादा गर्ने । उपर्यूक्त नीतिका साथे नेपाली जातिको सांघुरो घेरालाई फराकिलो बनाउने कदम अगाडी बढाए । गतिलो हातहतियार नभए लडाई जित्न सकिदैन भनेर बुझेका वृथ्वीनारायाण शाह कांशी तर्फ गइ आवश्यक हतियार र वारुद लिई साथमा हतियार बनाउने शेष जरबर, ममतकी, भेखा सिंह नामक तीन जना दक्ष मुसलिम कालिगढ लिएर गोर्खा फर्किन्छन् । तेस्रो चोटी आक्रमण गरी १८०१ नुवाकोटमा विजय हाँसील गर्छन, एकिकरण अभियानमा त्याग, वीरता र वलिदानको अपूर्व कीर्तिमान स्थापित गरियो । एकिकरण अभियान सिलसिलामा पृथ्वीनारायाण शाहले काठमाण्डौको चन्द्रागिरी डाँडाँबाट जुङ्गाको ताउ लाउँदै उपत्यकालाई हात पार्ने मनोकाक्षा देखाउँछन् । विविध रजौटाहरूमा विभक्त राज्यहरूलाई एउटै झण्डा मुनि गोलबन्द गर्ने काममा काजी कालु पाडेको रणनीति र पृथ्वीनारायण शाहको कुटनीतिक चालवाजीका साथ उपत्यकाका सबै राज्यहरू माथी विजय हाँसिल गर्न पुग्छन । यसरी पृथ्वीनारायाण शाह मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यका माथी १८२५ मा विजय हांसिल गरेपछि आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए । उपत्यका विजयपश्चात तत्कालै पृथ्वीनारायण शाहल  नेपाल (काठमाण्डौ) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका क्रिश्चियन पादरीहरूलाई देश निश्कासनको आज्ञा जारी गर्छन । इष्ट–इन्डिया कम्पनीको जासुसको रुपमा नेपालमा कार्यरत पादरीहरूले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक र्धमान्त्रण गराई क्रिश्चियन देश बनाउने केपुचिन पादरीको षडयन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायाण शाहले पादरीहरूको र्हुमत लिएका थिए ।

पृथ्वीनारायाण शाहले उपत्यका विजय पश्चात अमर सिंह थापाको नेतृत्वमा एकिकरण अभियानलाई पूर्वतिर वढाउँछन्  र पुर्वका चौदण्डी, मोरङ्ग बिजयपुर प्रदेशमा विजय हाँसिल प्राप्त गर्छन । आधुनिक राष्ट्र नेपालको रक्षाको खातिर चुनौति वनेका वृटिस साम्राज्यवादको कायनीति र रणनीति बुझेका पृथ्वीनारायाण शाहले यसो भनेका थिए “वृटिसहरू एक हातमा वाइवल र अर्को हातमा तरवार लिएर बस्छन् । यी क्रिश्चियनहरू नेपाल भित्रिए भने यहाँको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, धर्म संस्कृति परमपरामा नराम्रो दखल गर्छन”। यो कुरा बुझेर पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा पहिलै छिरेका क्रिश्चियन पादरीहरूलाई देश निकाला गर्नुका साथै भविश्यमा प्रवेशमा समेत रोक लगाएका थिए । पृथ्वीनारायाण शाहले राष्ट्र एकिकरण मात्र गरेनन् उनले दिगो स्थिरता र समृद्धिको लागि केही महत्वपूर्ण चिर स्थाई कार्ययोजना समेत तय गरेर छाडेका छन । जस्तैः यो राजे दुई ढुङ्गाको तरुल जस्तै रहेछ । विदेशको कपडा लगाउन मन्हाई गरी दिनु, आफ्ना देशका कपडा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बु्न्न लगाउनु । आफ्नो देशको जिनिस र जडिवुटी विदेश लैजानु  र नगद पैचनु र पर्जा मोटा भया दरवादर बलियो रहन्छ, राजाका भण्डार भन्याका रैतनहरू हुन् । घुष लिने र दिने दुवै राष्ट्रका शत्रु हुन । खानी भयाका ठाउँमा गाउँ भय पनि गाउँ अरु जग्गामा सारीकन पनि खानी चलाउनु, ग¥हो वस्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारी कुलो काटी खेत वनाई आवाद गर्नु आदी दिर्घकालीन महत्वका उपदेश एवं योजनाका कारण पृथ्वीनारायण शाह दुरदृष्टि विकाश प्रेमी थिए भन्ने कुरा अझ सुस्पष्ट हुन्छ । 

एकिकरण अभियान चलाई रहेकै बखत प्रतिकूल स्वास्थ्यको घडिमा पृथ्वीनारायाण शाह आफ्ना भार्इ भारदारहरूलाई नुवाकोट दरवारमा भारदारी सभा डाकी सवैलाई मिलेर काम गर्न र आफ्नो अधुरोे बाँकी कार्यभार पुरा गर्न अर्ति उपदेश दिएका थिए “वडा दुःखले जोरेको अधिराज्यलाई देशका छोटा वडा सवैले साझा फुलवारी संझेर रक्षा गर्नु, भोग विलास तिर कोही नलाग्नु, आपसमा मेलजोल गरेर रहनु ।” यसै सिलसिलामा अस्वस्थ राजा पृथ्वीनारायाण शाहको वि.सं. १८३१ मा निधन भयो । उनको अधुरो सपनापुरा गर्न उनका उत्तराधीकार भाइभारदार–प्रताप सिंह शाह, रण वहादुर शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भिमसेन थापा, वलभद्र कँुवर, दामोदर पाण्डे, रामकृष्ण राना लगायतको दलवदले एकिकरण अभियान जारी राखिनै रहे । विशेष त वहादुर शाह र अमर सिंह, भिमसेन थापाको विशेष नेतृत्वमा नेपालको सिमाना पुर्वमा टिष्टा र पश्चिममा कांकडा सम्म फैलिरहेकै घडिमा अङग्रेजले नेपाललाई अन्तिममा मेची पूर्वका र महाकाली पश्चिमका साथै तराइका केही भुभाग छोडेर सन् १८१६ मा सदयन्त्र मुलक ढङ्गले सुगौली ड्राफ्ट गन बाध्य पारीयो । जसबाट नेपालले धेरै भुभाग गुमाउनु पर्यो ।

नेपाल एकीकरणको पहिलो प्रयास पुनः एकीकरण अघिका विभिन्न कालखण्डमा युग पुरुषहरू राजा मानदेव, राजा यक्ष मल्ल, राजा जितारी मल्ल, राजा मुकुन्द सेनहरूले पनि गरेको ऐतिहाँसीक भुमीका नजरअन्दाज गर्न मिल्दैन । एकीकरणको पहिलो प्रयास मल्लकालीन नेपालमा भएता पनि यसले मूर्तरुप पृथ्वीनारायण शाहको पुनःएकीकरणको अभियान १८०१–१८७३ मा भएकोमा इतिहाससिद्ध छ । यसरी उतार चढावका वावजुत पृथ्वीनारायाण शाहले जगाएको एकिकरणको अभियानबाटै आज हामी सिर ठाडो पारी नेपाली भई बाँच्न सकेका छौँ ।  त्यशेैले हामीले हाम्रो सभ्यता र इतिहाँसको उपहास गर्ने होइन की उच्च सम्मान र उचित मूल्याङ्कन गर्न विलम्व गर्नु हुँदैन ।     

निष्कर्ष
मुलुकको स्वर्णिम इतिहाँस स्मरण क्षमताबाट विचलित भईरहेको संघीन कठिन परिस्थितीलाई पार लगाउन नेपाल पुनःएकीकरण अभियान राष्ट्रिय एकताको मूल प्रवाहद्वारा अभिप्रेरित सार्वभौम नेपाल निरन्तरताको महा यज्ञ हो । यो शाश्वत सत्य दल एवं सम्बद्ध पक्षहरूले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतीको दिशा बोध भन्ने सवैले बुझनु पर्छ । मुल मार्ग छोडेर समयको प्रवाहलाई नवुझनेहरू आफै किनारा लाग्नेछन् । राज्यस्तरबाट राष्ट्रिय भावना जागृत गराउन राष्ट्रनिर्माता र विभूतिको सम्मानमा राष्ट्रिय पर्वको रुपमा उत्सव मनाउने कार्य गर्न अनिवार्य छ । यसो गर्न सकेमा राष्ट्रियतालाई थप मज्वुत वनाउने आधार प्रस्सत हुन्छ र यहि जगमा राष्ट्रिय एकता, शान्ति तथा समृद्धि प्राप्त गर्न सकिन्छ । 

अहिले दलहरू आफ्नो मुलुकको स्वर्णिम इतिहाँस स्मरण क्षमताबाट विचलित भईरहेको सबैले अनुभुत गरेको तितो सत्य हो । यस संघिन कठिन परिस्थितीलाई पार लगाउन सक्नु नै सार्वभौम नेपाल निरन्तरताको महा यज्ञ हो । लक्ष्य विहीन संघर्षका परिणाम अन्ततः थप कष्टकर स्थिती उत्पन्न हुन पुगेको छ । त्यसैले निर्दिष्ट लक्ष्य प्राप्तीका लागि विधी शास्त्र संमत, जनमत, देशकाल परिस्थिती अनकूल निर्धारीत राष्ट्रिय एजेन्डाहरू निसंकोच सर्वस्वीकार्य हुन आवश्यक छ । यसैले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतिको दिशा बोध गर्दछ । छद्म प्रतिरोधी अभ्यासको सारमा तात्पर्य युक्त निष्कर्स कसैले पनि पाउन सक्दैन् । समयमै सम्वध पक्षहरू सचेत रहनु नै उपयुक्त हुन्छ । मुल मार्ग छोडेर समयको प्रवाहलाई नवुझनेहरू आफै किनारा लाग्नुको विकल्प छैन । यो सास्वत सत्य सम्वध पक्षहरूले समयमै बुझ्नु उपयुक्त हुन्छ । यहिनै पृथ्वीनारायण शाह लगाएत विभुती एवं सहिदहरूले र्निदिष्ट गरेका राष्ट्रिय एकताको मार्ग निर्देशन हो ।