देखाइयो धुर्मुस-सुन्तलीको 'ज्योति'


Tuesday, 6 Dec, 2016 9:09 AM

 

रसुवा, २१ मङ्सिर । सुन्तली धुर्मुस फाउन्डेसनले तयार गरेको बालमैत्री चलचित्र ‘ज्योति’ सोमबार साँझ धुन्चेमा प्रदर्शन भएको छ । पुराना रुढीवाढीको अन्त गर्दै सबै बालबालिकालाई स्वतःस्फुर्त रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गरी “राष्ट्रनिर्माण तपाई हाम्रो अभियान” भन्ने नारालाई सार्थक पार्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत युनिसेफको सहयोगबाट ‘ज्योति’ चलचित्र तयार गरी चेतनाको वृद्धि विकासका लागि जिल्लामा प्रदर्शनी गरिएको सो फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बताए । 

प्रदर्शन गरिएको चलचित्रले अभिभावकको चेतना बढ्न गई बालबालिकाले अभिभावकबाट थप मायाममता पाउने, नीति निर्माणबारे सानैदेखि प्रशिक्षित हुने, कुनैपनि होटल रेस्टुराँमा काम गर्न नपठाउने जस्ता कार्यमा जागरण बढ्ने विश्वास गरिएको बताइएको छ । 

बालबालिकाको उज्वल भविष्यका लागि गुणस्तरीय शिक्षातर्फ केन्द्रित गराउन चलचित्र प्रदर्शनमा लगभग ३०० स्थानीय बासिन्दा सहभागी भएका थिए । 

चलचित्र देखाउनुपूर्व पत्रकारसँग अन्तक्र्रिया गर्दै आफ्नो संस्थाले सामाजिक योगदानमा पु¥याएको योगदानबारेमा कलाकार कुन्जना घिमिरे (सुन्तली)ले पत्रकारमाझ जानकारी गराईन् । कलाकार धुर्मुसले मञ्चबाट घरघरमा शौचालय निर्माण र सरसफाइमा विशेष ध्यान दिन समेत सहभागीलाई आग्रह गरेका थिए ।

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top