काठमाडौं, १६ मंसिर -  सेयरबजार मापक परिसूचक नेप्से आज झिनो अंकले घटेको छ ।

नेप्से ०.८६ अंकले ऋणात्मक रहँदा २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँ बराबरको कारोबार भयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से  ११११.९९ कायम भएर थामियो थियो ।

व्यापार समूह दोहोरो अंकले उकालो लाग्ने अनि जलविद्युत् र वाणिज्य बैंक समूह नगन्य अंकले सकारात्मक रहेबाहेक अरु समूह ओरालो लागेको थियो । जीवनबिमा समुह सबैभन्दा उच्च ६४ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका ८ लाख २६ हजार कित्ता सेयर सवा २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।