काठमाडौं, २८ भदौ – नेपालमा टेलिकम र एनसेलको सीम प्रयोग गरेर फेसबुक तथा ट्वीटरसहितको सामाजिक सञ्जाल प्रयोग गर्ने थ्रीजी प्रयोगकर्ता ९६ लाख ८८ हजार रहेको तथ्यबाहिर आएको छ ।

तथ्यांकका अनुशार  यी प्रयोगकर्ता धेरै जसोले मोबाइलबाट सामाजिक सञ्जालमात्रै चलाउउने गरेका छन् ।  यसमध्ये केहीले मात्रै मोबाइल इन्टरनेटको प्रयोग गरेर सबै गतिविधिमा प्रयोग गर्ने गरेका छन् ।

 नेपालमा तीब्र गतिको डाटा अर्थात चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) चलाउने नेपालीको संख्या भने १७ लाख मात्र पुगेको छ । डेढ वर्ष अगाडि सुरु भएको फोरजी सेवा प्रयोग गर्ने नेपाली मासिक रूपमा उल्लेख्य संख्यामा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौमा सार्वजनिक गरेको असारसम्मको तथ्यांकमा उक्त तथ्यांक उल्लेख छ । फोरजी सेवा प्रयोगकर्तामा नेपाल टेलिकमको सीमकार्ड प्रयोग गर्ने ६ लाख ग्राहक, एनसेलका ११ लाख ग्राहक र स्मार्ट टेलिकमका ४१ हजारसहित १७ लाख ७० हजार प्रयोगकर्ताले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।


प्राधिकरणका अनुसार मोबाइलबाट फोरजी सेवा लिनेले इमेल, इन्टरनेट, आवश्यक समाचार, सूचना, जानकारीसहिका आवश्यक सबै इन्टरनेटको प्रयोग मोबाइलबाटै गर्ने गरेका छन् । तीब्र गतिको इन्टरनेट भएकोले ग्राहले आफूलाई आवश्यक भिडियोसहितको सबै काम मोबाइलबाटै गर्न सक्छन् ।

मोबाइलबाट फोरजी सेवा सुरु भएपछि टेलिकम कम्पनीको आम्दानी बढेको छ भने प्रयोगकर्ताले पनि ढुक्क भएर गति बढी भएको इन्टरनेट पाएको प्राधिकरणको दावी छ । 
नेपालमा २०७३ पुसमा नेपाल टेलिकमले सुरु गरेपछि त्यसको ६ महिनापछि निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पनि फोरजी सेवा सुरु गरेको छ । २०७४ कात्तिकदेखि तेस्रो कम्पनी स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गरेको छ ।

फोरजीबाट पनि सामाजिक सञ्जालसहितको प्रयोग हुने हो । बढी स्पीड भएकोले धेरै बेव पेज हेर्ने र प्रयोग गर्नुसामान्य हो । फोरजीको यसको प्रयोग अझ बढी एड्भान्स भएको प्राधिकरणको भनाइ छ । अन्तर्राष्ट्रि स्तरमा मोबाइल इन्टरनेट फाइवजी आइसकेकोले नेपालमा भर्खरै फोरजीको प्रयोग बढ्न थालेको छ ।

हाल मोवाइलबाट थ्रीजी इन्टरनेट चलाउनेमा नेपाल टेलिकमका ६० लाख ५ हजार एनसेलका ४९ लाख ८६ हजार प्रयोगकर्ता छन् । बजारमा यी दुई कम्पनी मात्रै प्रतिस्पर्धी हुन सफल भएकोले यही दुई कम्पनीसँग ग्राहक बाँडिएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार मोवाइसहित फाइबर, वाइरलेसबाट इन्टरनेट चलाउने नेपालीको कुल बजार हिस्साको ५१ प्रतिशत उपयोगकर्ता छन् । यसमध्ये फिक्स ब्रोडब्याण्ड इन्टरनेट तारबाट चालउने हिस्सा १० प्रतिशत मात्रै छ । ताररहित प्रविधिको प्रयोग भर्खर १ प्रतिशतमा पुगेको बताईन्छ । 
नेपालमा इन्टनरेट सेवा प्रदायक (आइएसपी) कम्पनीले २२ लाख २६ हजार उपभोत्ताई तीब्र गतिको इन्टरनेट सेवा वितरण गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तथ्यांकका आधारमा हाल १ करोड ४९ लाख नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ ।

मोबाइलबाट चलाउनेको बजार हिस्सा सबैभन्दा बढी ३९ प्रतिशत भएकोले पनि यसबाट कुल इन्टरनेटको बजार बढी देखिएको बताईन्छ । 
हाल नेपालमा सरकारले ९६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई अनुमति दिएको छ । तर, सक्रिय कम्पनीको संख्या भने २९ वटामै सीमित छ । हाल इन्टरनेट सेवा प्रदायकको संख्या अनुसार एउटा कम्पनीलाई जम्मा ४ हजार ग्राहक पर्ने गर्छ ।