काठमाडौ, २६ असार –  श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलीज भएको छ । ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी गिरी लगायतलाई समेटिएको छ ।

ट्रेलरले चलचित्र केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको प्रष्ट पारेको छ । 
सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।