काठमाडौँ, १ फागुन - अभिनेत्री प्रियंका कार्की आफ्नो विवाहको तयारीमा रहेकी छिन्  ।

उनको विवाह मिति फागुन १५ गते नै पनि हुनसक्ने अहिले नजिकका आफन्तले सार्वजनिक गरेका छन् । ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ ।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पुगेकी उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण आउन ढिलो बताइन् ।

कार्यक्रममा उनी आमा र परिवारसग पुगेकी उनले भनिन, ‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’

विवाह पछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् । घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताउन चाहिनन् ।