काठमाडौं, २१ कात्तिक – मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलोको पोस्टर सार्वजनिक भएको छ ।

कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलोको लक्ष्मी पुँजाको दिन पारी पोस्टर सार्वजनिक गरिएको हो ।
मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको नाटक छिट्टै मञ्चन हुने तरखरमा रहेको नाटकका निर्माता राजाराम गौतमले जानकारी दिए ।

। नाटकको पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ्ग जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो । 

नाटकमा कथा/निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण : राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिनुभयो ।