निर्मल भट्टराई   

भारतबाट नेपालमा आउने फलफुल र तरकारीको विषादी चेकजाँच गर्ने निर्णय ईतिहासमै पहिलो पटक सरकारले गरेपछि र सो प्रयोजनका लागि  प्राविधिक क्षमताको तत्काल व्यवस्था गर्न नसकिएकोले केही समयका लागि यो निर्णय स्थगित गर्ने निर्णय भएपछि देशभर तरङ्ग उत्पन्न भएको छ । 

सबैलाई थाहा छ—नेपालमा भारतबाट बषौंदेखि विषादीयुक्त फलफूल र तरकारी भित्रिदैं आएको छ । नेपाली युवाको विदेश पलायन, सिचाईं, मलखाद ,प्रविधिको अभावको साथै खेती योग्य उर्वर जमिनमा भएको सहर विस्तारको कारणले नेपालमा चाहेजति उत्पादन हुन नसक्नु यसको मूल कारण हो । विगतका सरकारहरुको गलत नीति पनि यसका लागि कम जिम्मेवार छैन । देशलाई हर क्षेत्रमा आत्मनिर्भर बनाउनुको सट्टा विदेशी शक्ति केन्द्रको प्रभावमा परेर उनीहरुको बजार बनिदिने परम्परा बसाईयो । आफू सत्तामा टिकिरहने विषादीयुक्त मन बोकेर उनैको अगाडि लम्पसार हुने चलन बस्दै आयो । 

अहिलेको सरकारले ईतिहासमै पहिलो पटक जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सिमानामा आयातित फलफूल र तररकारीको विषादी चेकजाँच गर्ने क्रान्तिकारी निर्णय गरेकोछ । प्राविधिक तयारी हुनासाथ यो निर्णय कार्यान्वयन हुनेछ । विगतमा आफू सरकारमा हुँदा चुपचाप जनतालाई विषादीयुक्त तरकारी ख्वाईरहनेहरुलाई

यो निर्णयले राम्रो निद्रा दिएको छैन । सरकारले एकपछि अर्को जनपक्षीय काम गरेको सहनु कसरी ?
कसैले जतिसुकै सरकार ढाल्ने हुङ्कार गरे पनि पाँच वर्ष यो सरकार ढल्ने कुरा भएन । संसदमा यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न पनि संविधानतः अझै एक बर्ष कुर्नु पर्ने अवस्था छ । दुई तिहाई जनताको अभिमतबाट बनेको सरकारले देश र जनताको हितलाई शिरमा राखेर काम गर्ने हो, केही निहित स्वार्थ भएका मानिसको आधारहीन आलोचना र विरोधबाट डग्मगाउने होइन ।
 

जनताको अभिमतबाट बनेको सरकारले देश र जनताको हितलाई शिरमा राखेर काम गर्ने हो, केही निहित स्वार्थ भएका मानिसको आधारहीन आलोचना र विरोधबाट डग्मगाउने होइन ।राम्रो निद्रा दिएको छैन । सरकारले एकपछि अर्को जनपक्षीय काम गरेको सहनु कसरी ?मनमा विष बोकेपछि सबैतिर विषैविष देखिन्छ सायद । हृदयमा पूर्वाग्रहको कमलपित्तले छोएपछि सबै पहेंलै देखिन्छ शायद ।

मनमा विष बोकेपछि सबैतिर विषैविष देखिन्छ सायद । हृदयमा पूर्वाग्रहको कमलपित्तले छोएपछि सबै पहेंलै देखिन्छ शायद ।होइन भने, प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर प्रभावकारी काम गरिरहेको छ, देशभित्रै लाखौं रोजगारी सिर्जना भएको छ,पेट्रोलियम पदार्थ भित्राउन पाईपलाईन अन्तिम चरणमा छ, भ्रष्टाचारमा कमी आएको छ, वार्षिक वृद्धिदरमा एतिहासिक रुपमा बढोत्तरी भएको छ, अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको छ, राष्ट्रव्यापी सानाठूला भौतिक पूर्वाधार विकास जारी छ, राज्यबाट जनताले हिजोभन्दा बढी सेवा सुविधा पाएका छन्, कहाली लाग्दो लोडसेडिङको सदाको लागि अन्त्य भएको छ । राष्ट्रिय अखण्डता मजबुत भएको छ, यो सबै देख्ने कि नदेख्ने ? कलुषित भावना नहुने हो भने त सरकारले गरेका यी काम त घामजस्तै छर्लङ्ग छैनन् र ?

 सत प्रतिशत साक्षर हुन लागेका नेपाली मतदाताले देशमा अस्तित्वमा रहेका राजनीतिक पार्टी र तिनका नेतालाई पर्गेलेरै मतदान गरेका हुन् । कसैको षणयन्त्र, जादु चटक वा खरिद विक्रीबाट नेकपालाई यत्रो अभिमत प्राप्त भएको होइन । साठी बर्ष नेकपाले गरेको अनवरत संघर्ष, त्याग, तपस्या र वलिदानलाई सचेत जनताले मुल्याङ्कन गरेरै दिएको अभिमत हो । 

हो, पार्टी एकतामा भएको अलमलले राज्य सञ्चालनमा पार्टीको शक्ति पूर्णरुपेण परिचालन हुन सकेको छैन । पार्टीबाट प्राप्त हुने विभागीय पृष्टपोषण चाहेर पनि अहिले यो सरकारले प्राप्त गर्न सक्दैन । प्रदेश र स्थानीय सरकारको पनि हालत त्यही छ । 

पार्टीका किला कब्जा खुकुलो भएको मौका छोपी सरकार र पार्टी दुवैलाई चौतर्फी आक्रमण गरिदैछ । घोर दक्षिणपन्थी र घोर उग्रपन्थी मन—विषादी एकत्रित गरिदैछ । कम्युनिष्टविरोधी अन्तराष्ट्रिय शक्ति नेकपामा विखण्डन गराउने र अस्थिरताको निरन्तरताको घोर हेरेर बसेकै छ । 

नि :सन्देह, आयतित फलफूल र तरकारीको विषादी त सरकारले नियन्त्रण गर्छ नै, देशको स्थीरता देख्न नचाहने, देशको समृद्धि र अग्रगति देख्न नचाहने मन—विषादी हटाउन सानातिना कसरतले पुग्दैन ।