दिनेश घिमिरे/काठमाडौं
काठमाडौं, २० मंसिर – कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्या गरेको साविति बयान उनकै छिमेकी प्रदिप रावलले दिएका छन् । महिनौसम्म केही सुराक हात लाग्न नसकेको निर्मला हत्या प्रकरणमा प्रहरीलाई एक टेलिभिजनले लिएको १७ सेकेन्डको वाइटले हत्यारासम्म पु¥याउन पुगेको बताइन्छ ।  

निर्मलाको शव भेटिएको दिन स्थानीय पत्रकार पुष्कर भट्टले खिचेकोे माउन्टेन टेलिभिजनको मिसन न्युजु कार्यक्रमको लागि  एक स्थानिय यूवतीसँग लिइएको एक बाइट नै हत्यारासम्म पुग्ने कडी भएको प्रहरी स्रोत बताउँछ । एक स्थानिय यूवतीले टेलिभिजनका रिपोर्टरसँग उक्त बाटोमा पहिलादेखिनै केटाहरुले दुख दिने गरेको खुलासा गरेकी थिइन् । 

हेनुर्होस् यूवतीको उक्त ३० सेकेन्टको बाइट 


 

अनुसन्धानमा कुहिरोको काग बनिरहेको  प्रहरीलाई त्यही  यूवतीको खुलासाले हत्याराको खोजीमा सहजता मिलेको बताइन्छ । यूवतीले बताए अनुशार दिउसोको समयमा केटाहरुले उक्त ठाउँमा दुख दिने गर्नु र  पोस्टमार्टम रिपोर्ट र अन्य परिस्थितिका आधारमा पनि निर्मलाको हत्या दिउँसो २ बजेदेखि ४ बजेको बीचमा भएको प्रहरीको निचोडले तिनै यूवाहरुले त निर्मलाको हत्या गरेनन् भन्ने शंकालाई थप बल मिल्यो ।  

बम दिदीबहिनीको घरबाट निस्केर निर्मलाको घरतिर जाने बाटोको दुरी बरिब  ४ सय मिटरको  फरक छ । उक्त बाटोको एक ठाउँमा वरपर कतै घर नभएको एउटा सुनसान ठाउँ छ । उही सुनसान ठाउँमा केटाहरुले दुख दिने गरेको यूवतीले खुलासा गरेकी थिइन् । उक्त ठाउँमा बाटोको बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत । करिब २ सय ४० मिटर ठाउँ यस्तै छ । यूवतीले बताएको उक्त ठाउँ र निर्मलाको साइकल भेटिएको स्थान पनि त्यतै थियो । साइकल भेटिएको ठाउँबाट शव भेटिएको स्थान करिब १ सय ५० मिटरको दुरीमा थियो । महेन्द्रनगर बजार जाने मुख्य बाटो भएर पनि उक्त ठाउँ एकलास रसुनसान ठाउँ हो ।  यूवतीले टेलिभजनलाई बताए अनुशार उक्त ठाउँमा केही केटाहरुले केटीहरुलाई गुप्ताङ देखाएर आऊ आऊ भन्ने गर्दथे । 
 

​​​​​​​
सुरुमा त प्रहरीलाई ती युवती फेला पार्नै मुश्किल र्पयो । टेलिभिजनले भोलिपल्ट साउन १२ गते आफ्नो युट्युब च्यानलमा एक भिडियो अपलोड गरेपछि त्यही अपलोड भएको भिडियोबाट स्क्रिनसट प्रिन्ट गर्दै प्रहरीले केही तथ्यहरु र केटाहरुको हुलिया प्राप्त गर्ने महत्वपूर्ण सूचना हात पार्छ । 

प्रहरीले साउन १८ गते एक रिटायर्ड हवल्दार प्रहरीले त्यसो गर्ने गरेको पत्ता लागउँछ तर उनी घटनाको दिन त्यहाँ नभएको प्रमाण फेला परेसँगै अर्को व्यक्ति माथि शंका गर्दछ ।  घटनास्थल नजिकैको सालघारी बस्ने अर्को पुरुषको उनको बानी पनि एक्लै दुक्लै महिला देख्यो कि पाइन्ट खोलेर देखाइहाल्ने रहेछ । प्रहरीले नियन्त्रणमा लिएर लामो केरकार गरेपछि उसले देखाउने गरेको स्वीकार्छ, तर निर्मला हराएको दिन उनी त आफ्नो पुरानो घर दार्चुला पुगेका हुन्छन् । प्रहरीले त्यता बुझ्दा उनी दार्चुला नै गएको पुष्टि भएपछि ती व्यक्ति पनि उम्किन्छन् ।

यसैबीच कारागार स्रोतबाट एउटा तथ्य खुल्छ, ४१ वर्षीय दीलीपसिंह विष्ट । उनी पनि एक्लै र एकान्तमा केटी देख्यो भने यस्तै गर्थे । उनको पनि डिएनए रिपोर्ट मिल्दैन । 
उक्त क्षेत्रमै  लागू औषध खाएर दुर्व्यवहार गर्ने केही केटाहरुको बारेमा प्रहरीलाई थप खुराक मिल्दछर प्रहरी अनुसनधान ती केटाहरु तर्फ सोजिन्छ निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब भएका एक दुव्र्यसनी केही दिन अघि काठमाडौंमा समातिए । स्थानियहरुका अनुशार जुन दिन निर्मला घर नफर्की हराएकी थिइन्, त्यही रात निद्रै नपरेको भन्दै गाउँलेलाई सुनाउँदै हिँडेको थिए   ।  घटना लगतै भारत गएका ती यूवा केही दिन अघि राजधानीबाट समातिएका हुन् ।  मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो ९सिबिआई० टोलीले शङ्काकै आधारमा उनलाई पक्राउ गरेपछि उनले आफूले अपराध गरेको स्विकार गरेका छन् । स्रोतका अनुशार उनले निर्मला आफ्नो प्रेमीका समेत भएको बताउदै आएका थिए । यत्तिबेला उनले आफूले अपराध गरेको साविति बयान दिएका छन् । यद्यपी उनको डिएनए रिपोर्ट भने आउन बाँकि नै छ । 
यसअघि पनि मैले नै निर्मलालाई मारेको हो भनेर स्वीकार्ने दुई व्यक्ति प्रहरीले भटेपनि अन्तत ती व्यक्तिहरु डिएनए रिपोर्ट नमिलेसँगै उम्किएका छन् । पछिल्लो कडीलाई पनि केही समय धर्यताका साथ हेर्नेपर्ने हुन्छ । हालै समातिएका र सावीति बयानमा अपराध कबुलेका यूवाको  डिएनए रिर्पोटसँगै निर्मला प्रकरणको यो रहस्यको बास्तविक पर्दाफास केही दिनमै पर्दाफास हुनेनैछ ।