काठमाडौं, २२ असोज - कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाउनुभएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाउने हुनेछ ।

पुरस्कार पाउनेमा बेलायतका सर पिटर ¥याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा हुनुहुन्छ ।

उहाँहरूको अनुसन्धानले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ ।

अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा सहयोग पु¥याएको छ ।