काठमाडौं २९ चैत्र – नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ । 

नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने जनाएको  छ । 

टेलिकमले शुक्रबार विज्ञयप्ती जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो । 

दुई सय रुपैयाँको डाटाअन्तर्गत  ग्राहकले दुई सय मिनेट फोन कल र तीन सयवटा म्यासेज पठाउन सक्नेछन् । त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ । * १४१५ # डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ  ।  टेलकिमले डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ ।