काठमाडौं, ३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एकान्त वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टी एकताका लागि कुनै समस्या नरहेको निश्कर्षमा दुबै अध्यक्ष पुग्नुभएको छ । 

दुई अध्यक्षबीचको छलफलले भोलि विहान वाम एकता संयोजन समितिको बैठक बोलाएको छ । उक्त बैठकले पार्टी एकतावारेमा सवै टुंग्गो लगाउने बताइएको छ ।
अध्यक्षबीचको छलफलपछि एमालेले स्थायी समितिको बैठक बोलाएको छ भने माओवादी केन्द्रले पनि आन्तरिक छलफल गर्ने भएको छ ।