प्रा.डा.बद्रीविशाल पोखरेल

कुनै प्रकृति पदार्थ र व्यक्तिमा एक होइन अनेक आयाम र आयतन हुन्छ । हेर्दा सबै मानवमा आँखा हुन्छ तर विशिष्ट व्यक्तित्वको त्यही आँखासित दूरदर्शी दृष्टि,चेत,चिन्तन र चरित्र हुन्छ । यस्ता व्यक्तित्वमा महानतम् शक्ति र क्षमता हुन्छ । 

तिनको छाती आकास जत्तिकै फराकिलो हुन्छ । कुखुरे छातीले आकाशको आयाम साेंच्न पनि सक्तैन । त्यसैले लाख ताराको टिमटिमका तुलनामा चन्द्रमा एक्लैमा घना अन्धकार मास्ने उज्यालो  आयाम र आयतन दुवै हुन्छ ।  
 
 यस लेखकलाई पुष्पलाल र जननेता मदन भण्डारीपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र हाल एकीकृत नेकपाका अध्यक्ष  के.पी.शर्मा ओली एक्लो चन्द्रमाले झैँ नेपालको राजनीतिक अन्यौल र अन्धकार मास्ने मिनी चन्द्रको आयाम लाग्नुहुन्छ  ।  


ओलीलाई पार्टी भित्रका केही उपल्ला तहका तत्त्वहरुले सुलसुले पारामा सकेसम्म विगत लामो समयसम्म पछि पनि विभिन्न अफवाह फैलाएर गुमनाम र बदनाम गरेको र गर्न खोजेको सुनसरी जिल्ला पार्टीमा क्रियाशील हुँदा यस लेखकले थाहा पाएको हो । 

सातौँ महाधिवेशनका सम्मुखमा एक नेताले यस लेखकको तत्कालीन नेता के.पी.शर्मा ओली दूरदर्शिता,वैचारिकता र सिर्जनात्मक क्षमता आधारित प्रश्नको खरो खण्डन गर्दै ओली एकघण्टा बोल्न सक्तैनन् अनि अरुका लेख पत्रिकामा छाप्छन् सम्म भने । 

 नवौँ पार्टी महाधिवेशनमा नेतृत्व परिवर्तन नभएको भए यस मदनको अपमान र जबजको बदनाम हुन्थ्यो र पार्टीमा लाल मण्डलेहरुको हालीमुहाली हुने ठानेको थियो यस लेखकले  ।  

 नवौँ महाधिवेशनका समयमा सिन्धुपाल्चोक र सुनसरी लगायत  जिल्ला र स्थानमा विरामी अवस्थाका  ओलीलाई  आज हो कि भोली नारा लगाउँदै  अत्यन्त असंवेदनशील नारा घन्काएकै हुन् । 

तर ठीक उल्टो सिकस्त विरामी ओलीलाई नै लक्षित गरी बौद्धिक बैचारिक भनिने एक नेताले उल्टो ओलीलाई ब्ल्याकमेलिङ गर्ने भनेर  कुरुप  तथा भद्दा आक्षेप लगाएका थिए । 

अहिले त्यही कोटरीकी एक सदाबहार रोइली नेतृले  ओलीलक्षित फतुर फलाकी रहेकीे छिन् । ती नेतृले मन्त्री  योगेश भट्टराईलाई वालुवाटार वा ओलीले नै असहयोग गरेर असफल बनाउँछन् भनेर सामान्य विवेकसमेत बन्धकी राखेर मिडियामा  बोलिन् ।   तिनले त आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न ओलीले प्रतिगमनको मुद्दा उछालेको जस्तो घटिया चरित्र र चिन्तन प्रस्तुत गरिन् । 

सामान्य मान्छे नै बनि नसकेका मान्छे पार्टीको उपल्लो  नेता हुनु जस्तो चरम विसङ्गति अरु के हुनसक्छ ? भँडार खनेर आँगन पुर्न उद्यत केही नेता र नेतृ नेकपा हुन् कि होइनन् तिनको डिएनए नै परीक्षण गर्नु पर्ने देखिन्छ ।

तथापि मिडियामार्फत् सरकारका सकारात्मक कामको सन्तुलित चर्चा गर्र्ने लीलामणि पोखरेल लगायत केही नेता नहुँदा हुन् त सबै सकारहरु खकारमा परिणत भइसक्थे भन्ने लाग्छ ।   

पार्टीमा  ओली उदयसितै पार्टीको  लिङ्ग पहिचान छुट्टियो । ओली नै देशको राजनीतिको केन्द्र भाग बन्नु भयो । अरुले कसैले  थेग्नै नसक्ने असहनीय दवावलाई परास्त गरेर नेपालको संविधान २०७२ लागू गर्न ओलीले नै अगुवाइ गर्नुभयो ।  

भारत प्रयोजित नाकाबन्दी असफल पार्न ओली  नै अघि सर्नु भयो । यसमा भारतीय शाषक झुक्न बाध्य भयो ।  सूर्य चन्द्र रहुन्जेल हुन नसक्ने ठानिएको चीनसित पारबहन सन्धी पनि ओलीकै पालामा सम्पन्न भयो । 

यो विषय अझै खलखली पसिना आउने गरी भारतमा  खलबली मच्चिरहेको  कुरा कान्तिपुरमा २०७६ सालको साउन २० गते टीका ढकालले एक  लेखमार्फत् उल्लेख गरेका छन् ।  

जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरिएपछि ओली व्यक्तित्वलाई यस लेखकले चिन्न थालेको हो । उहाँलाई  त्यति बेलादेखि नै एमालेका  चालू कुनै नेतासित ओली अतुलनीय हुनुहुन्छ भन्ने लागेर कलम चलाउन थालेको हो  । 

 पार्टी सत्ता बाहिरको कुनै नेताको पनि गुण बखान गर्नु अपराध जस्तै ठानिने मनोविज्ञानलाई समेत तोडेर सबै खतबात सहने अभिप्रायका  साथ यस लेखकले  लेख्न थालेको हो । 

कुनै प्रकृति पदार्थ र व्यक्तिमा एक होइन अनेक आयाम र आयतन हुन्छ । हेर्दा सबै मानवमा आँखा हुन्छ तर विशिष्ट व्यक्तित्वको त्यही आँखासित दूरदर्शी दृष्टि,चेत,चिन्तन र चरित्र हुन्छ । यस्ता व्यक्तित्वमा महानतम् शक्ति र क्षमता हुन्छ । 

मदन भण्डारीले समेत ओलीले बोलेपछि आधा समस्या समाधान हुन्छ भनेकै हुन् । यस विषयमा केही वर्ष अघि इटहरी आएका बेला हाम्रा मोदनाथ प्रश्रितलाई एकान्तमा ओली व्यक्तित्व बारे सोध्दा उहाँले पनि ‘ओलीमा अलि अल्छी बानी नहुँदो हो त ओली मदन भण्डारी भन्दा पनि विशिष्ट क्षमताका हुन्’ भनेका थिए  ।  

एक्लो ग्यालिलियोले धर्ती फर्काए । एक्लै कार्ल माक्र्सले माक्र्सवादी सिद्धान्तको प्रतिपादन गरे । उनलाई महान् एङ्गेल्सले निश्वार्थ र निष्कपट रुपमा सहयोगको काँध दिए  । यस्तो महानतम शिक्षा किन कोही लिन र दिन चाहँदैन ?

 राजनैतिक अवसरवादीले  मौका पाए ओलीलाई नै सराप्ने र समाप्त पार्ने निहुँमा नेपालको कम्युनिष्ट आन्दोलन र अहिलेसम्म प्राप्त उपलब्धि समाप्त पार्न सक्ने कुलक्षण देखापर्न थालेको छ । नत्र चियाको कपमा तुफानको अहिले कुनै काम थिएन । 

कठिनतम परिस्थितिमा जबज जस्तो समाजवाद उन्मुख राजनीतिलाई दिशा निर्देश गर्ने  सिद्धान्तलाई च्यात्न खोज्नेहरुको कालिदास प्रवृत्तिले समाप्तिको दिशा देखाइरहकै छ । तिनले माक्र्सवादको प्रशिक्षणको बहानामा गैरमाक्र्सवाद परोक्षतः पढाइरहेकै छन् ।

  जननेता मदन भण्डारीलाई बाँच्दा मात्र होइन मरेपछि पनि परोक्ष तथा  निरपेक्ष रुपमा धारे हात लगाउनेहरु कम हुन्थे र हुन्छन् भने  नेपालको कम्युनिष्ट आन्दोलन उहिल्यै मात्र होइन अहिले नै तीन बित्ता अग्लो हुनसक्छ । 

महान् तथा महानतम् व्यक्तित्वहरु महानतम् विचारका  प्रतिपादक तथा संवाहक हुन्छन् । यस्ता व्यक्तित्वहरु देश र दुनियाँका हितकारी विचारलाई लागू गराउने अद्भूत क्षमताका हुन्छन् । यस खालका व्यक्तित्वहरु  आफू मिटाइ देश,जनता र जन जीवनको हित र उत्थानका खातिर  मरिमेटेर लाग्छन् । 

महान् लेनिनले आफ्नो अगुवाइमा महान् अक्टोवर क्रान्ति सम्पन्न गरे । जननेता  मदन भण्डारीले संसारभर ढल्दै गरेको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनको शिर उठाइ छाडे । 

उनी वनारसमा विद्यार्थी हुँदा नै एक होइन दश विशेषताका साथ सक्रिय हुनु पर्ने महानतम् ध्येय लिन्थे । अरुहरु पदका भोका र आकांक्षी महासचिव भए । भण्डारी मौका पाउँदा माटोलाई समेत चम्काउने महान् क्षमता राख्थे । 


ओली आगमन सँगै संसदमा प्रायोजित गरिएका अनेक रुप,रङ्ग र ढङ्गका कर्कसहरु बिलाए । ओलीले नै मन्त्री, माननीय र पार्टी नेताहरुलाई अमुक कर्मचारी,प्रहरी,प्रशासकहरुको बढुवाका फाइलहरु लिएर हिड्न नियन्त्रित गरिदिनु भयो । 

सरकार सञ्चालन गरिरहँदा कुनै पनि मन्त्रालयमा बिचौलियाहरुको चलखेल नहोस् भनेर नियन्त्रण र सन्तुलनको लगाम ओली आफैँले लिनुभयो । अनुगमन माथि अनुगमन गर्ने  व्यवस्था गर्नुभयो ।  सरकारका हर मन्त्रालयका काममा सम्वन्धित मन्त्री र मन्त्रालय जिम्मेवार हुनु पर्ने अवस्था सिर्जना गर्नु भयो ।

ओलीले  देशमा एउटा आशा र भरोसा सिर्जना गरिदिनु भयो । परराष्ट्र नीति र सम्बन्ध पहिले कहिल्यै नभएको समदूरी र मैत्री सम्बन्ध विकास भएको अहिलेको स्थिति हो । 
पहिले ग्याँस र पेट्रोलियमको भाउ बढेको मात्रै अनुभव हुन्थ्यो तर अहिले विश्व बजार भाउका अनुपातमा मूल्य घट्तो पनि रहेछ भन्ने जनतालाई आभास हुन थालेको छ ।         
भोकमरीले अहिले जनता तड्पिएको  सुनिएको छैन । जाडोले कठ्याङ्ग्रिएर कोही मरेको सुनिएको छैन ।                    
यही सरकारका पालमा ७ प्रतिशत आर्थिक बृद्धि भएको छ । यही सरकारले विगत देखिका तमाम अनियमितता,भ्रष्टाचार र भूमाफियाहरुको लुप्त र गुप्त पक्षहरुको अनुसन्धान सुरु गर्दै कार्यबाहीको प्रक्रिया सुरु गरेको छ । 

सुनकाण्ड लगायत अनेक कृत्यमा सामेल,मतियार,अदालत र अख्तियारहरु कार्वाहीमा पर्दै छन् । अख्तियारले सुनकाण्डका ७५ जना हिरासतमा राखेर खोजबिन गरिरहेको छ । 

गणतान्त्रिक चेतका बुद्धिजीवी र लेखकहरु मौन र मुकदर्शक  हुँदा राजतन्त्रको  मसाने  चर्तिकला र तमासा बढेको हो  । 

लामो समयसम्म बोक्रे धाक र इज्जतमा शान सित जीवित कति भ्रष्टहरु इहलोक नै त्यागेर भागिरहेका छन् ।  सरकार र सरकारसित सम्बन्धित कुनै पनि निकाय सबैले आ–आफ्ना जिम्मेवारीलाई इमान्दारी र कुशलतापूर्वक सम्पन्न गर्नै पर्ने नीति, नियम र पद्धति सुरु हुँदैछ । 

मधेस,पहाडमा लाग्ने अतिवादी, उग्रवादी,जातिवादी  तथा राष्ट्र विखण्डनवादी वितण्डाहरु ओली कार्यकालमा नै किन हराए बिलाए ? सशस्त्र युद्धका धमासहरु निरुत्साहित हुँदै छन् । 

गणतान्त्रिक चेतका बुद्धिजीवी र लेखकहरु मौन र मूकदर्शक  हुँदा राजतन्त्रको  मसाने  चर्तिकला र तमासा बढेको हो  । प्रधानमन्त्रीले आवश्यक पर्दा संविधानको रक्षा अगाडि बढ्ने स्पष्ट उल्लेख गरिसक्नु भएको छ ।  

 पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री ओलीले कसैलाई पनि छिर्के दाउ लगाएर लडाउनु पर्ने ठान्नु हुन्न । क्षमतावान् नेताहरु सिदा सिदी र  आमने सामने भएर  लड्ने क्षमता राख्छन् तर खुराफातीहरु सित खुराफात नै गर्नु प¥यो भने ओलीसित कसैको  दैयाद चल्न सक्छ जस्तो लाग्दैन । पुर्खाहरुले शठे शाठ्यम् समाचरेत् त्यसै भनेका होइनन्  ।  

ओलीलाई तत्कालीन एमाले नामधारी केहीले छेक्नु छेके,रोक्नु रोके,उहाँको हैसियत अनुसारको मर्यादा समेत नदिएर हुर्मत लिए तर उहाँ पदीय वा कुर्सीका आधारमा मात्र कहिले पनि प्रभावशाली हुनुहुन्न थियो ।

नवौँ महाधिवेशनमा ओली विजयी नभएको भए के हुन्थ्यो होला कसैले अनुमान गर्न सक्छ ? मदन भण्डारी नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन अहिले कुन कुना पसेर रोईरहेको हुन्थ्यो । जबजको च्याप्टर क्लोज गर्नेहरु र तिनका मतियारसित यसको  कुनै जबाफ छ ? 

आँखो फुटेपछि आँखाको महत्व बुझिन्छ । बाचुन्जेल सराप्ने अनि पछुताउने नेपालीको बानी नै हो । ओलीको कार्यकाल  पछि पनि कोही न कोही प्रधानमन्त्री र पार्टी अध्यक्ष अवश्य हुने छन् र होलान् तर तिनले सबैले सुनून् बुझून् । रडाको र रोइलो गर्न सजिलै हुन्छ तर क्षमताका साथ काम गर्ने कुरा सितिमिति सजिलो छैन र हुनेछैन । 

कर्मचारी संयन्त्रले खुल्ला मनले सरकारलाई सहयोग नगरेको स्पष्टै छ ।  अहिले त सरकार कम्युनिष्टको छ तर सत्ता पुरानै साेंच,सिद्धान्त,विचार र आदतको सिकार छ । 
यस्ता बेलामा देशी विदेशी प्रतिक्रियावादीहरुको उचाल पछारमा सरकारलाई स–साना विषय,मुद्दा र निहुँमा पछार्ने,पसार्ने र समाप्त पार्ने  नियतले काम भइरहेको देखिन्छ । 

यो सरकार विगत र आगत सरकारसित पनि तुलनीय होला र हुनेछ । ओली पछि हुने र बन्ने सरकार पार्टीको पनि मूल्याङ्कन हुनेछ । भोलीका दिनमा नेकपाको नेतृत्वमा सरकार बन्ने अवस्था देखिन्छ । 

एक्लो ग्यालिलियोले धर्ती फर्काए । एक्लै कार्ल माक्र्सले माक्र्सवादी सिद्धान्तको प्रतिपादन गरे । उनलाई महान् एङ्गेल्सले निश्वार्थ र निष्कपट रुपमा सहयोगको काँध दिए  । यस्तो महानतम शिक्षा किन कोही लिन र दिन चाहँदैन ?

भोलिको सरकारले अहिलेको सरकारका पदचिन्हमा टेकेर हिड्दा सहज पनि हुनेछ तर यस लेखकले अहिले जत्तिकै अनेक अप्ठ्याराका बीच सरकार संचालनको क्षमता खासै देखेको छैन । 

अहिलेदेखि नै तदनुकूलको शक्ति आर्जन गर्दा मात्र सरकार पार्टी सफल हुनेछ । भोलि उदाउनेहरु  शुक्र तारासम्म हुन सके भने पनि जाती हुनेछ । इख राखेरै काम भने चन्द्रमा पनि हुनसक्लान् तर खुट्टी हेर्दा त्यस्तो अनुभूति र अनुमान अहिले नै गरिहाल्न सकिन्न । मरीतरी अस्तित्वसम्म धान्ने टिमटिमे ताराहरु हिजो पनि थिए आज पनि छन् ।