काठमाडौं– २५ सेप्टेम्बर २००६ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा केपी ओलीले संयुक्त राष्ट्रसंघको ६१ औं महासभालाई सम्वोधन गरे । अहिले १२ बर्षपछि प्रधानमन्त्रीका रुपमा उनले २७ सेप्टेम्बर २०१८ (२०७५ असोज ११) मा ७३ औं राष्ट्रसंघीय महासभालाई सम्वोधन गरे । 

संयोग कस्तो पर्यो भने ओलीका यी दुबै सम्वोधनले नेपालको ऐतिहासिक परिवर्तनको प्रतिनिधित्व गरे । शान्ति प्रक्रिया आरम्भ गर्दा उपप्रधानमन्त्री बन्छु र टुँगो लगाएपछि प्रधानमन्त्री बन्छु भनेर उनले राजनीतिक क्यारियरको समयसारिणी सार्वजनिक गरेका थिएनन, यद्धपि ओली समकालिन राजनीतिको सही लेखाजोखा गर्न सक्ने एक नेता हुन् ।    

गोपाल खनाल 

पहिलो सम्वोधनमा नेपालमा नयाँ यात्राको आरम्भ भएको उद्घोष थियो भने दोश्रो सम्वोधनमा उक्त उद्घोषलाई संस्थागत गरिएको यर्थाथ थियो । ओली र नेपालका लागि यी दुबै राष्ट्रसंघीय सहभागिता यसअर्थमा महत्वका रहे । उनका दुई न्युयोर्क यात्राका बीचमा गणतन्त्रतर्फको नेपाल यात्राले पूर्ण सर्कल पार गर्यो । 
जुनबेला ओली पहिलो पटक महासभामा सहभागि भए, त्यसबेला ज्ञानेन्द्रको सत्ताबिरुद्धको सात दल र माओवादी आन्दोलनको बलबाट संसद पुर्नस्थापित भएको थियो । २२ मे २००२ मा संसद बिघटन गरेका ज्ञानेन्द्रले २४ अप्रिल २००६ मा पुर्नस्थापित गरेका थिए । त्यही पुर्नस्थापित संसदमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । उनले त्यसबेला स्थायी शान्ति र पूर्ण प्रजातन्त्रतर्फको संक्रमणलाई तार्किक निश्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएका थिए । 

१२ बर्षपछि अहिले महासभालाई सम्वोधन गर्दा ओलीले गर्बकासाथ त्यसबेलाको उद्घोष यर्थाथमा रुपान्तरण भएको बिश्वलाई अवगत गराए । सशत्र बिद्रोहबाट आएको माओवादीलाई साथमा लिएर सेनाको समेत समायोजन गर्दै  शान्ति र गणतन्त्रको यात्रा तय गर्नु चानचुने थिएन । त्यसबेला एक प्रकारको त्रास र सन्देह थियो, तर अहिले उनी निश्कर्ष लिएर न्युयोर्क पुगे, विश्वलाई परिणाम देखाए । त्यसबेला ओलीले लामो हिंसाको शान्तिपूर्ण समाधानले बिश्वलाई सन्देश दिने बताएका थिए । अहिले सन्देश दिएको र त्यो प्रमाणित भएको बताए । 

महासभाको प्रकृति अनुसार, ओलीले घरेलु राजनीतिवारेमात्र आफूलाई केन्द्रित गरेनन् । उनले त्यसबेला र यसपटक पनि बिश्व कूटनीतिक व्यवस्था, राजनीति र जल्दाबल्दा बिश्व मुद्दामा नेपालको धारणा राखे । ओलीले त्यसबेला महासभालाई सम्वोधन गर्दा बिश्वमुद्दाको बहुपक्षीय समाधान (मल्टील्याटरेल सोलुसन) को धारणालाई अघि सारेका थिए । उनले त्यसबेला भनेका थिए,‘बहुपक्षीयता नै विश्वमुद्दाको समाधानको चाबी हो ।’   

पहिलो सम्वोधनमा नेपालमा नयाँ यात्राको आरम्भ भएको उद्घोष थियो भने दोश्रो सम्वोधनमा उक्त उद्घोषलाई संस्थागत गरिएको यर्थाथ थियो । ओली र नेपालका लागि यी दुबै राष्ट्रसंघीय सहभागिता यसअर्थमा महत्वका रहे । उनका दुई न्युयोर्क यात्राका बीचमा गणतन्त्रतर्फको नेपाल यात्राले पूर्ण सर्कल पार गर्यो । 
....
ओलीले राष्ट्रसंघमा जुन सम्वोधन राखे, त्यो नेपाल राज्यको स्वतन्त्र पहिचान र जीवनको सिद्धान्त थियो । जव नेतृत्व व्यक्तिगत स्वार्थबाट माथि उठ्छ,उसमा उच्च आत्माबिश्वास देखापर्छ, त्यो आत्माविश्वास न्युर्योकदेखि कोस्टारिकसम्म हरेक क्षणमा व्यक्त भयो ।

ओलीको फोकस यसपटक बहुसंस्कृतिवाद (मल्टीकल्चरालिज्म) मा थियो । नेपालमा एकथरी अहिले पनि नेपाल ‘नेशन्स स्टेट’ नै भएको छैन भन्दै वेलामौका बौद्धिक बिलास गर्छन । अर्काथरी नेपाल त्यसभन्दा धेरै एडभान्स अवस्था ‘स्टेट नेशन्स्’ भइसकेको तर्क राख्छन् । सन् १६४८ को बेष्टफेलिया ट्रिटीमार्फत नेशन स्टेटको अवधारणा अघि सारिएको हो भने स्टेट नेशन्स धेरैपछि सन् ८० को धारणा मात्र हो । 

प्रधानमन्त्री ओलीले बहुसंस्कृतिवादलाई विश्वमुद्दाको समाधानका रुपमा अघि सारे । नेपालको संविधानमा नै नेपाल बहुसांस्कृतिक राष्ट्र भएको प्रष्ट उल्लेख छ । बिश्व मानव बिकास सूचकांकालाई एकछिन पन्छाउने हो भने विकसित क्यानडाले सन् १९७१ र अष्टे«लियाले सन् १९७३ मा राजनीतिक बिचारधारा र वादका रुपमा अपनाएको बहुसंस्कृतिवादलाई नेपालले सन् २०१५ को संविधानबाट सुनिश्चित गर्यो । बहुसंस्कृतिवाद विविधताको सम्वोधनमात्र होइन, आत्मासम्मानसहितको विविधताको व्यवस्थापन हो, जहाँ कुनै संस्कृतिले अपमानित महसुस गर्नुपर्दैन । 

कम्युनिष्ट पार्टीको ‘एब्सुलेट’ सरकार, त्यो पनि ‘पोष्ट मोर्डन’ बिश्वमा, एकथरीका लागि यो ‘एन्टी–थेसिस’ नै थियो । अमेरिकी ‘कन्जरभेटिभ’ र राजनीतिक महत्वकाँक्षा बोकेका प्राध्यापक फ्रान्सिस फुकुयामालाई पढ्नेहरुका लागि नेपालमा कम्युनिष्ट सत्ताको गठन ‘द इण्ड अफ हिष्ट्री एण्ड द लाष्ट मेन’ को विपरित थियो । उनले त सन् १९९२ मा लिवरल डेमोक्रेसीलाई सरकारको अन्तिम रुप नै घोषणा गरिदिएका थिए र कहिले पनि कम्युनिष्ट बिकल्प हुन नसक्ने थेसिस बनाएका थिए । समाजवादले समयसापेक्ष बिशेषता ग्रहण गर्ने सामथ्र्य राख्छ भन्ने शायद उनले ठानेनन् ।  

अर्थात १२ बर्षका बीचमा ओलीले बहुपक्षीयतालाई कायम राख्दै त्यसमा बहुसंस्कृतिवाद थपे, जसले बिश्व राजनीतिमा आएको दशक लामो राजनीतिलाई यथार्थ विम्वित गर्छ । र, ओलीले विश्व राजनीतिमा उदाउँदो प्रवृति अनुरुप आफूलाई परिवर्तन गर्न नेपाल सक्षम रहेको सन्देश दिए ।      

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा नेपालको मानवअधिकारप्रतिको प्रतिवद्धतामा प्रश्न उठेको थियो । त्यहीभएर उनले त्यसबेला सम्वोधन गर्दा मानव अधिकार निसन्देह रहेको बताएका थिए । किनकी नेपालका लागि यो जोखिमयुक्त ट्रायल नै थियो । त्यसबेला कांग्रेस नेतृत्वमा क्रान्तिकारी माओवादी र मोडरेट एमालेसहितको शान्ति प्रक्रिया आरम्भ भएको थियो, जसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले लिएका थिए । दुबै कम्युनिष्टलाई निश्चित आकारभित्र सिमित गर्ने भारतीय योजनाका नेतृत्वदायी पात्र थिए उनी ।   

तर बिडम्बना,  प्रजातन्त्रलाई नै जीवन बनाएका ओलीले अहिले पनि प्रजातन्त्रप्रतिको प्रतिबद्धता पुन दोहोर्याउनु पर्यो । किनकी उनलाई अधिनायकवादी प्रमाणित गर्न असफल प्रयास गर्ने घरेलु र बाह्य शक्तिले त्यस्तो पोल न्युयोर्क पूर्याएकै थिए । अहिले लोकतान्त्रिक संघीय गणतन्त्रको नेतृत्व कम्युनिष्टहरुले गरेका छन्, ओली शक्तिशाली कार्यकारी भएका छन् । त्यहीभएर सारतिरभन्दा रुपभित्र बिश्वको आग्रहपूर्ण दृष्टिकोण कायम रहेका बेला ओलीले महासभाको रोष्ट्रममा बोल्दा प्रजातन्त्रप्रतिको प्रतिबद्धता बिभिन्न भाषामा दोहोर्याउनु पर्यो ।  

कम्युनिष्ट पार्टीको ‘एब्सुलेट’ सरकार, त्यो पनि ‘पोष्ट मोर्डन’ बिश्वमा, एकथरीका लागि यो ‘एन्टी–थेसिस’ नै थियो । अमेरिकी ‘कन्जरभेटिभ’ र राजनीतिक महत्वकाँक्षा बोकेका प्राध्यापक फ्रान्सिस फुकुयामालाई पढ्नेहरुका लागि नेपालमा कम्युनिष्ट सत्ताको गठन ‘द इण्ड अफ हिष्ट्री एण्ड द लाष्ट मेन’ को विपरित थियो । उनले त सन् १९९२ मा लिवरल डेमोक्रेसीलाई सरकारको अन्तिम रुप नै घोषणा गरिदिएका थिए र कहिले पनि कम्युनिष्ट बिकल्प हुन नसक्ने थेसिस बनाएका थिए । समाजवादले समयसापेक्ष बिशेषता ग्रहण गर्ने सामथ्र्य राख्छ भन्ने शायद उनले ठानेनन् ।     

पहिलो कार्यकालमा बाहिरिया शक्तिको योजनामा आकस्मिक सत्ताच्यूत हुनुपर्ने अवस्था आउँदा ओलीले संसदमा राजिनामा बक्तब्य दिएका थिए । त्यसबेला उनले भनेका थिए,‘दिस इज नट त इण्ड अफ टाइम, दिस इज द कन्टिन्युएस प्रोसेस । (यो समयको  अन्त्य होइन, शुरुवातमात्र हो,यो चालु छ ।)’ ओलीले रोष्ट्रमा उभिएर प्रचण्ड र देउवालाई जवाफ दिंदै आफ्नो बर्हिगमनलाई ‘समय र इतिहासको अन्त्य नठान्न, नयाँ इृतिहासको शुरुवातका रुपमा बुझ्न’ भनेका थिए । उनले देउवाबाट प्रचण्डलाई अलग्याएर ‘नयाँ इतिहासको निरन्तरता’ प्रमाणित गरिदिए । वास्तवमा यो बिश्व राजनीतिमा आएको एउटा जर्बजस्त विकल्प थियो ।         

बहुसंस्कृतिवादको प्रबक्ता भएर बोलीरहेका ओलीले प्रजातन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याएर राख्नुपर्ने थिएन तर त्यही कम्युनिष्ट नामबाट आंतकित हुने बिश्व पूँजीवादलाई उनले जवाफ दिएका थिए । त्यही महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन मन्तब्य हेर्दा थाहा हुन्छ – कम्युनिष्टप्रतिको आक्रोस । ट्रम्पले समाजवाद र साम्यवाद असफल बिचारधारा भएको र ती विश्व समाप्त पार्न उद्यत रहेको अतार्किक आक्रोस पोखेका थिए  । हो, यसकै बिचमा ओलीको त्यो ‘ड्यासिङ स्पष्टोक्ति’ आएको थियो ।      

ओलीले राष्ट्रसंघ र सुरक्षा परिषद्को सुधारमा वर्तमान बिश्व शक्ति सन्तुलनको यथार्थता चित्रित हुनुपर्छ भन्ने आशय त्यसबेला पनि राखेका थिए ।  अहिले त झन प्रष्ट रुपमा नै राखे । यो एकप्रकारको बहुपक्षीयता हो र बहुसंस्कृतिवाद पनि हो । बिश्व अव कुनै महाशक्तिको आदेशमा चल्दैन भन्ने व्यवहारिक रुपमा पुष्टी भएको तथ्यलाई उनले स्मरण गराएका थिए ।   

ओलीले त्यसबेला प्रजातन्त्रको यात्राका लागि सहयोग गरेकोमा विश्व समुदायलाई धन्यवाद दिएका थिए । तर अहिले उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विकास यात्रामा सहयोगका लागि अन्तराष्ट्रिय समुदायलाई आब्हान गरे । ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को छिमेकीकरण त यसअघि नै गरिसकेका थिए, अहिले अन्तराष्ट्रियकरण नै गरे । मध्य अमेरिकी राष्ट्र कोष्टारिकामा समेत ओलीले ‘होम ग्रोन पिस प्रोसेस’ पढाउँदै त्यही नारालाई प्रचार गरे । अव त्यहाँ रहेको राष्ट्रसंघीय शान्ति बिश्वबिद्यालयले नेपालले बुलेटबाट ब्यालेटहुँदै अघि बढेको बिशिष्ट शान्तिप्रक्रिया पढाउनेछ, जसको श्रेय ओलीलाई जानेछ ।   

ओलीको हाइलाइट्स नै द्धन्द्धको मौलिक र घरेलु समाधान थियो, जो बिश्वका नमुना हुनसक्ने बताउँदै अनुभव साट्न तयार रहेको धारणा राखे । यतिबेला सम्भवत शक्तिका दृष्टिकोणले महेन्द्र र बीपीपछि केपीले आफ्नो नाम राखे भन्ने बिश्लेषण गरेको पाइन्छ ।  अवश्यपनि महेन्द्र र बिपीका लागि राष्ट्रियता प्यारो थियो तर त्यसबेला पनि कम्प्रोमाइजहरु गरिएका थिए । 

महेन्द्रले ‘कु’ मार्फत सत्ताच्यूत गरेपछि नेहरुले ‘सेट ब्याक टु डेमोक्रेसी’ भने । अव सत्ता समाप्त होला भन्ने त्रासले सन् १९६५ को गोप्य हतियार सम्झौता भारतसँग गरे, जो नेपालको पक्षमा थिएन । फेरी महेन्द्र निरकुशंताका प्रतिक थिए । त्यसैले महेन्द्रसँगको तुलना अनुचित हुन्छ । ओलीले त प्रतिकूल अवस्थामा समेत राष्ट्रियता र नेपाली स्वभिमानमा आँच आउन दिएनन् ।

बीपीले सन् १९६० मा राष्ट्रसंघीय महासभालाई सम्वोधन गर्दा मित्रवत राष्ट्रहरुको सहयोगलाई स्वागत गर्ने तर हामी के सोच्छौं र कसरी आन्तरिक मामिला सञ्चालन गछौं, त्यसबारे कसैको आदेश नमान्ने बताएका थिए । त्यसबेलाको उनको सम्वोधन वास्तवमै नेपाली राजनीतिक नेतृत्वलाई विश्वमा चिनाउने एउटा प्रयास थियो, त्यसले अन्तराष्ट्रिय प्रशंसा पनि बटुल्यो ।    

अहिले ओलीले बिदेशी सहयोग राष्ट्रिय सार्वभौमिकता र आत्मानिर्णयको अधिकारको विपक्षमा स्वीकार गर्न नसकिने बताए । ओलीले प्रष्ट भने,‘राष्ट्रिय स्वामित्य, नेतृत्व, राष्ट्रिय प्राथमिकता र राष्ट्रिय प्रणालीबाट आएका बाह्य सहयोग र नेपालको उत्पादन क्षमता, रोजगारी सृजना र मानवश्रोतको विकास गर्ने खालका मात्र सहयोग लिनेछौं ।’ दाताका नाजायाज शर्त अस्वीकार गर्ने प्रष्ट सन्देश ओलीले दिए । 

परराष्ट्र सम्वन्धमा रियालिष्ट थ्योरीले भन्छ– हरेक नेताले राष्ट्रिय स्वार्थ हेर्छ । उसले अर्को राष्ट्रको तुलनामा आफ्नो राष्ट्रको शक्ति बढाउन चाहन्छ । यो सिद्धान्तबाट हेर्दा, यो अन्तराष्ट्रिय प्रणाली अराजक छ, जसमा सबै राज्यले ‘सेल्फ इन्टे«ष्ट’ लाई महत्व दिन्छन् । राज्यभन्दा माथि कोही छैन । सबै राज्यको प्राथमिक दायित्व भनेको ‘सर्भाइभल’ हो ।    

परराष्ट्र सम्वन्धमा रियालिष्ट थ्योरीले भन्छ– हरेक नेताले राष्ट्रिय स्वार्थ हेर्छ । उसले अर्को राष्ट्रको तुलनामा आफ्नो राष्ट्रको शक्ति बढाउन चाहन्छ । यो सिद्धान्तबाट हेर्दा, यो अन्तराष्ट्रिय प्रणाली अराजक छ, जसमा सबै राज्यले ‘सेल्फ इन्टे«ष्ट’ लाई महत्व दिन्छन् । राज्यभन्दा माथि कोही छैन । सबै राज्यको प्राथमिक दायित्व भनेको ‘सर्भाइभल’ हो ।  

अहिले बिश्व राजनीतिमा यही यथार्थवादी सिद्धान्त हाबी भएको देखिन्छ । ट्रम्पले ‘आइडियोजी अफ ग्लोबलिज्म’ लाई ‘डक्ट्रिन अफ प्याट्रोटियोटिज्म’ मा ढाले । मोदीले हिन्दुत्वलाई राष्ट्रियतासँग जोडेर राष्ट्रिय स्वार्थको नेतृत्व गर्दैछन् ।   

ओलीले राष्ट्रसंघमा जुन सम्वोधन राखे, त्यो नेपाल राज्यको स्वतन्त्र पहिचान र जीवनको सिद्धान्त थियो । जव नेतृत्व व्यक्तिगत स्वार्थबाट माथि उठ्छ,उसमा उच्च आत्माबिश्वास देखापर्छ, त्यो आत्माविश्वास न्युर्योकदेखि कोष्टारिकसम्म हरेक क्षणमा व्यक्त भयो ।