काठमाडौं, १ फागुन– नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि भारतका राजदूत मञ्जिबसिंह पुरीले मंगलवार भेटवार्ता गरेका छन् ।

एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राजदूत पुरीले सरकार गठनका बारेमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले सरकार गठनका लागि सकरात्मक दिशामा पहल भईरहेको र चाँडै नै सरकार गठन हुने बताएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । राजदूत पुरीले अध्यक्ष ओलीलाई शिवरात्री पर्वको शुभकामना पनि दिएका थिए ।