मधेसमा ओलीको गर्जन– एमाले जाइकटक गर्दैन, झिकीकटक गर्छ (भिडियोसहित)


Tuesday, 10 Jan, 2017 6:35 PM

आज हामी संक्रमणकालको अन्तिमअन्तिम चरणमा छौं । आन्दोलनले परिवर्तन ल्यायो । तर, त्यस परिवर्तनलाई संस्थागत गर्ने, मूर्तरुप दिने र त्यसको वास्तविक अर्थमा कार्यान्वयन गर्ने समय हो अहिले । संविधान निर्माण र त्यसले तय गरेका संरचनाहरु, निकायहरु तयार गर्ने, निर्वाचनहरु गराउने र राजनीतिक, प्रशासनिक, संरचनागत पक्षमा संविधानले कल्पना गरे अनुरुप स्थिरता र स्थायित्व तयार गर्ने संक्रमणकालको यो अन्तिम अन्तिम बेला हो । हामी अहिले यहाँ आइपुगेका छौं । 
यतिबेला स्वार्थहरु टकराएका छन् । विभिन्न प्रकारका शक्तिहरुले खेल्ने, उनीहरुले आफ्नो स्वार्थ अनुकुल देशलाई मोड्न खोज्ने प्रयास हुने गरेका छन् । मैले भनिरहनु पर्दैन, हाम्रो देशमा अत्यन्तै अस्वभाविक, अनुचित र अशोभनीय तहसम्म अनेक प्रकारका स्वार्थ टकराईरहेका छन् । विभिन्न शक्तिहरु यसमा केन्द्रित भइरहेका छन् । यतिबेला हामी नेपाली जनताले सजग हुनु पर्ने बेला छ । यतिबेला नै हामीले उपलब्धीहरुलाई ठीक ढंगले संस्थागत गर्ने, कार्यान्वयन गर्ने र स्थायित्वमा देशलाई लाने सोच र दृढता हामीमा चाहिन्छ । देशलाई पछाडि धकेल्न खोज्ने, अल्मल्याउन खोज्ने, अघि बढ्न नदिने वा नेपालको विविधतालाई दुरुपयोग गरेर अनेक प्रकारका सामाजिक द्वन्द्वहरु जातका नाममा, भाषाका नाममा, क्षेत्र र भूगोलका नाममा जता जता सकिन्छ त्यसका नाममा बैमनस्यता, द्वेष र घृणा फैलाउन खोज्ने प्रयास भइरहेका छन् । 

 

आजको दुनियाँमा द्वन्द्व एउटा उद्योगका रुपमा चलिरहेको छ । द्वन्द्व उद्योग जव फस्टाउँछ त्यसपछि ब्यवस्थापनको विजिनेस सुरु हुन्छ । नेपाली जनताले यसमा सजग हुनु पर्छ । द्वन्द्व उद्योग र ब्यवस्थापन ब्यवसाय । हामी द्वन्द्व ब्यवसायीहरुको षडयन्त्रको शिकार भएका छौं । अनुत्पादक रोजगारी प्रदान गर्ने र तिनीहरुलाई द्वन्द्व ब्यवसायी वा द्वन्द्व ब्यवस्थापनका नाममा अल्झाइराख्ने वा द्वन्द्वलाई निरन्तरता दिने प्रयास भइरहेका छन् । यस्तो अवस्थामा हामी नेपाली जनता सजग हुन जरुरी छ । दृढताका साथ हामीले आ–आफ्ना समस्या पहिचान गर्ने, ती समस्याहरुको हामी आफैंले समाधान गर्ने र देशलाई एकता र समृद्धिको बाटोमा अगाडि बढाउनु आवश्यक छ । जनता आफैं छरिएको अवस्थामा यो उद्धेश्य पूरा गर्न सक्दैनन् । त्यस कारण जनतालाई ब्यवस्थित विचार दिन, संगठित गर्न, सही दृष्टिकोण भएको सशक्त र सुदृढ पार्टी चाहिन्छ । देशलाई सही विचार दिन सक्ने, जनतालाई संगठित गरी सही बाटोमा हिंडाउन सक्ने संगठन भनेको नेकपा एमाले नै हो । 

 

हामीले कुलोपैनी खन्न देखि लिएर, बाटोघाटो बनाउने देखि लिएर, राष्ट्रियताका लागि संघर्ष र आन्दोलन गर्ने देखि लिएर ध्वांस जमाउनेहरुलाई चुनावमा पछार्नेसम्मका र एमालेलाई विजय बनाउनेसम्मका अभियानलाई अगाडि लैजानु पर्छ ।


एमाले मात्रै त्यस्तो पार्टी हो जोसँग जनताको बहुदलीय जनवाद जस्तो सही, सामयिक र वैज्ञानिक विचार छ । जनताको बहुदलीय जनवाद सही छ, वैज्ञानिक छ, जनमुखी छ, अग्रगामी छ, परिवर्तनकारी छ, सामाजिक न्याय र समानताको पक्षमा छ र विकासको पक्षमा छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अनेक कोणबाट अथवा, राष्ट्रिय एकता, राष्ट्रियताको कोणबाट जनताको बहुदलीय जनवाद मात्रै यस देशलाई बाटो देखाउन सक्षम छ । अरु पार्टीहरु कुहिराको कागजस्ता छन् वैचारिक हिसावले । के विचार भन्यो भने हामी त प्रजातन्त्र भन्छन् । कस्तो हुन्छ त प्रजातन्त्र ? उनीहरुसँग कुनै खाका छैन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रणाली अथवा राष्ट्रियतका सवालमा वा अरु विकासका प्रश्नमा कुनै अवधारणा छैन । तर, नेकपा एमाले यी विचार दृष्टिकोण अंगालेको जनताको बहुदलीय जनवादलाई आफ्नो कामको बाटो देखाउने वैज्ञानिक सिद्धान्त अपनाएको पार्टी हो ।  

 


यो पार्टी विचारमा मात्रै यति सशक्त र सवल होइन, सांगठनिक रुपले पनि सबैभन्दा ब्यवस्थित, सबभन्दा सशक्त, सबभन्दा ब्यापक, सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा पुगेको पार्टी हो । वैचारिक रुपमा, ब्यवहारिक रुपमा, सांगठनिक रुपमा देशब्यापी, जनब्यापी, अत्यन्त सुदृढ संगठनको रुपमा, विस्तृत संगठनको रुपमा नेकपा एमाले छ । मौका पाउँदा यस पार्टीले देशलाई हाँक्न सक्छ । मौका पाउँदा विकासका बाटा देखाउन सक्छ । देशलाई अगाडि बढाउन सक्छ । देशको विकास कसरी हुन सक्छ ? निराशालाई तोडेर आशालाई जगाउन सक्छ । त्यो कुरा पनि यस पार्टीले ब्यवहारमा देखाएको छ । एमालेले सरकारको नेतृत्व गर्दा जनतामा कसरी आशाको लहर सिर्जना हुन्छ, विकासको एउटा उत्साह सिर्जना हुन्छ । अत्यन्त प्रतिकुल अवस्थामा पनि प्रतिकुलतालाई चिरेर सफलताका साथ अगाडि जान सक्छ । नेकपा एमाले यतिसम्म मजबुत छ, देश भित्रका र बाहिरका अनेक प्रकारका बलिया हौं, ठूला हौं भन्ने तागतहरु हाम्रा विरुद्ध मोर्चा कसेर आइलाग्नु पर्यो । यसो विचार गर्नुस् त ! कति बलियो रहेछ एमाले । 

 

राष्ट्रिय स्वाभीमानः यदि एमाले हुँदैनथ्यो भने, विचार गर्नुस् त !  नेपालका टाउकामा ककस्ले टेक्थ्यो टेक्थ्यो । तर, नेकपा एमाले छ यस देशमा । त्यसैले कसैलाई नेपालको टाउकोमा टेक्न दिंदैन । 


यसलाई सरकारमा जान नदिन, सरकारको नेतृत्व गर्न नदिन कस्सिएर आए । यस्तो लाग्थ्यो कि सिनेमाको सिन जस्तो सबै शक्तिहरु सोत्तर भए । फेरि उनीहरुले एउटा षडयन्त्र गर्नु पर्यो । देशी विदेशी शक्ति मिलेर एमाले नेतृत्वको सरकारलाई हटाए । अलिकति समयमा नेकपा एमालेले जुन विकासलाई सञ्चार गर्यो, जसले हामीले गर्न सक्ने रहेछौं भन्ने भावना विकास गरायो । अनेक विकासका कार्यक्रम ल्यायो । मान्छेमा निराशा थियो, त्यसलाई आशामा परिणत गर्यो । उत्साहमा परिणत गर्यो, आत्मविश्वास जगायो । राष्ट्रिय स्वाभीमानः यदि एमाले हुँदैनथ्यो भने, विचार गर्नुस् त !  नेपालका टाउकामा ककस्ले टेक्थ्यो टेक्थ्यो । तर, नेकपा एमाले छ यस देशमा । त्यसैले कसैलाई नेपालको टाउकोमा टेक्न दिंदैन । 

 

विचारको हिसावले, संगठनको हिसावले, ब्यवहारको हिसावले, जनविश्वासको हिसावले एमाले पहिलो पार्टी हो । कसै कसैले एमालेलाई दोस्रो पार्टी हो भन्छन् । तीन वर्ष अगाडिको कुरा हो त्यो । तीन वर्ष अगाडि कसैले फूटबलमा स्वर्ण पदक लिएको थियो भने सधैं स्वर्ण पदक दिन्छ ? तीन वर्ष अगाडिको पौडीवाज आज पनि पौडीवाज नै छ ? तीन वर्ष अगाडिको क्रिकेटको च्याम्पियन आज पनि क्रिकेटको च्याम्पियन नै छ ? तीन वर्ष अगाडिको दोस्रो धावक आज पनि दोस्रो नै हुन्छ ? तीन वर्ष अगाडिको कुरा हो यो । आज एमालेको कम्मर कम्मर आउने पार्टी कुनै पनि छैन । मान्छे तीन वर्ष अगाडिको कुरा गरेर अहिले एमालेलाई दोस्रो पार्टी भन्छन् । धेरै पनि भन्नु हुँदैन, फेरि सातो गएर चुनावै गर्दैनन् । त्यसै भएर मैले धेरै भनेको छैन, कम्मर कम्मर सम्म मात्रै भनेको छु । 

 


हामी निर्वाचनतर्फ जाँदैछौं । हामी राष्ट्रिय स्वाभीमान र राष्ट्रियताको भिषण लडाईं लडिरहेका छौं । विकासका कुराहरुलाई केही होइन झैं गरेर नेपाललाई बाहिर लेबर पठाउने देशको रुपमा विजिनेस चलाउने प्रयास भइरहेको छ । त्यसको अर्थ मैले म्यानपावर कम्पनीलाई भन्या होइन, म्यानपावर कम्पनीले त बेरोजगार युवाहरुलाई रोजगारीमा पठाउने काम गर्या छ । तर, यहाँ समृद्ध हुन नदिने, नेपालीहरुलाई बाहिर लगेर टेबुल पुछ्ने मात्रै बनाउने षडयन्त्र भइरहेको छ । यहाँ कुन कुन पार्टी, कतिवटा नेता, नेता हुन् कि कमिसन एजेन्ट बुझ्न गाह्रो छ । त्यसकारण जनता सजग हुनु पर्छ । अहिले यतिसाह्रो हौसिएका छन्, मलाई अचम्म लाग्छ । तपाईंहले पनि सुन्नु भयो होला– एमालेलाई प्रवेश निषेध, बढार्ने, अव विदा गर्ने कुरा । कतिपयलाई त म जवाफ दिन आवश्यक ठान्दिनँ, हाम्रै गल्ती हो– नागरिकता दिइसकियो, ठूल्ठूला कुरा गर्न थालिसके । म भन्न चाहन्छु, आग्रह गर्न चाहन्छु, सम्झाउन चाहन्छु– आवेशक र उत्तेजक कुरा नगर्नुस् । उहिले पृथ्वीनारायणले आफ्ना दिब्य उपदेशमा भनेका थिए– जाइकटक नगर्नु झिकीकटक गर्नु । मैले नम्र निवेदन गर्नु पर्छ भने गर्छु– हामी जाइलाग्न जाँदैनौं, एमालेमाथि कसैले आक्रमण गर्छ भने उसले साह्रै नराम्रो मुल्य चुकाउनु पर्नेछ । त्यता नसोचे राम्रो । नेकपा एमाले दुम लुकाएर भाग्ने पार्टी होइन । एमालेले राणा शासन देख्यो, तानाशाही देख्यो, राजतन्त्र देख्यो, निरंकुशता देख्यो, पञ्चायत देख्यो, जेलनेल देख्यो । धेरै चिज देखेर भोगेर आएको छ एमालेले । एमालेलाई प्रवेश गर्न दिन्न ! अलि आफ्नो थान्काका कुरा गर्नु नि ! 

 

केपी ओलीले त रेल चलाउँछु भन्यो, उखान टुक्का हाल्यो भनेर उडाइयो । मूर्खहरुको काम त्यस्तै हुन्छ । तिनीहरुसँग हामी बहस गर्दैनौं तर, रेल चल्छ चलाइन्छ । सर्भे भइरहेको छ अव काम हुन्छ । उत्तर दक्षिण रेल अगाडि बढ्छ । 

 

अव हामी यस देशलाई समृद्धिको बाटोमा लैजाने काममा बिलम्ब गर्न सक्दैनौं । निर्वाचन आउँदैछ । संघर्ष गर्नु पर्ने हुन सक्छ । संघर्षका लागि तयार होऔं । निर्वाचनका लागि तयार होऔं । अगाडि जे जे आउँछ त्यसका लागि तयार होऔं । हामीले कुलोपैनी खन्न देखि लिएर, बाटोघाटो बनाउने देखि लिएर, राष्ट्रियताका लागि संघर्ष र आन्दोलन गर्ने देखि लिएर ध्वांस जमाउनेहरुलाई चुनावमा पछार्नेसम्मका र एमालेलाई विजय बनाउनेसम्मका अभियानलाई अगाडि लैजानु पर्छ । 
राष्ट्रियता सम्बन्धी बहस अहिले संविधान संशोधनमा गएर अडिएको छ । संविधान संशोधनको ब्याख्या तपाईंहरुले सुन्नु भएको छ । हामीले त संविधान संशोधन गर्ने भन्या छ, राष्ट्रिय हितलाई असर पार्ने भनेर त्यहाँ कहाँनेर लेख्या छ ? भन्छन् । लेखेकै छैन भन्छन् । त्यसैमा मैले भनेको थिएँ– जुवाडेहरुले कौडा खेलाउँछन्, कौडा पछार्छन्, हार जीत कौडाको होइन, पैसाको हुन्छ, सम्पत्तीको हुन्छ, घरजग्गाको हुन्छ । जुवाडेहरुले तासका पत्ती खेलाउँछन्, पत्ती पछार्छन्, हार जीत तासको हुँदैन, सम्पत्तीको हुन्छ । यहाँ त्यसै गरेर संशोधन नामको पत्ती फ्याँकिएको छ । तर, हार जीत राष्ट्रियताको हुन्छ, स्वाभीमानको हार जीत हुन्छ, स्वाधीनताको हार जीत हुन्छ र हाम्रो अखण्डताको हार जीत हुन्छ । 


सम्मानित सर्बाेच्च अदालतले संविधान संशोधन उपयुक्त छैन भनिसक्यो । छलफल त गर्न सकिन्छ तर, असंबैधानिक कुरा पारित गर्न सकिंदैन, यो असंबैधानिक हुन्छ भनिसक्यो । पारित गर्यौ भने हामीले बदर गर्नु पर्ने हुन्छ भन्दा भन्दै हिजो देखिहाल्नु भो । हामी रोक्न खोज्दै छौं, लुकेर त्यहीँ बसेको बस्यै गरेर पेश गरे । प्रस्ताव गरिसकेर मन्त्री रोष्ट्रमबाट तल आउनु पर्ने । फेरि बोलाएपछि मन्त्री जानु पर्ने । मन्त्री त उहीँ बस्या बस्यै । गृहमन्त्री भन्या छ, तर, एउटा मन्त्रीको प्रस्ताव अर्काे मन्त्रीले प्रस्तुत गर्न पो रहेछ । गृहमन्त्री आउनु भएन, गृहमन्त्रीको सट्टा कानुन मन्त्री रे । किनभने कानुनमन्त्री माथि नै छ । यसप्रकारको जालझेल छलछाम र बेइमानी के का लागि गर्नु परेको ? 

 


किनभने ५ नम्बर प्रदेशको जनता हामी छुट्टिएर बस्दैनौं भनेर उत्रेको छ । त्यहाँका सांसदहरु, अहिलेको सरकारी पार्टीका सांसदहरु समेत त्यसलाई समर्थन जनाउन सकिंदैन भनेर जनताको आन्दोलनलाई ऐक्यवद्धता जनाउन गएका छन् । अनि कहाँका मान्छेका लागि ? के का लागि ? कसका लागि ? त्यहाँका जनताका लागि होइन बाहिरका लागि । नेपालीको पनि होइन, कसैले बोकेकाहरुका लागि । देखाइएको छ, यहाँकै चार पाँच जना । अगाडि सारिएको छ तिनीहरुलाई । तर, यथार्थमा अरुलाई चाहिएको छ यो संशोधन प्रस्ताव । हाम्रै देशको नेपाल सरकार भन्नेले त्यही पनि एउटाको नाम अगाडि नेपाली जोड्या छ, अर्काको नाम अगाडि नेपाल जोड्या छ । नेपालबाट सुरु हुने पार्टी र नेपालीबाट सुरु हुने पार्टीले काम चाहीँ अर्कैको यसरी किन गर्नु पर्यो ? अचम्म लाग्छ । 


तपाईंहरुलाई लाग्ला, एमालेले के गर्ला ? एमाले नेताहरुले के गर्लान्, संसदीय दलले के गर्ला भन्ने परेको होला । म निश्कर्षमा भन्छु– कहाँनेरी, कुन पाइलो भन्ने कुरा छोड्नुस् । कतिबेला बल कसको खुट्टामा पास गयो, कसको खुट्टामा गएन त्यो पनि छोडिदिनुस् । गोल गर्ने कुरालाई हेर्नुस् । म तपाईंहरुलाई भन्न चाहन्छु– अहिले संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव यस संसदबाट पारित हुन सक्दैन, पारित भएर अघि बढ्दैन, पारित हुन दिइंदैन । यो प्रस्ताव देशहित विपरित छ, यो प्रस्ताव संविधान विपरित छ । त्यसकारण यसलाई पास हुन हामी दिंदैनौं । निश्कर्ष के हो भने यो पास हुँदैन । 


साथीहरुले भन्या थिए– लोकमानसिंह कार्कीको महाभियोग दर्ता भयो । पार्टीहरुले निर्णय गर्या छैनन्, कांग्रेसले निर्णय गर्या छैन । पास गर्न दुईतिहाई चाहिन्छ । कांग्रेस विना दुईतिहाई पुग्दैन । कांग्रेस भन्या कस्तो पार्टी हो भने, कहिले कहिले साह्रै बुढो भएपछि साह्रै शिथिलता आउँछ क्या ! कांग्रेस भनेको एउटा शिथिल भएको पार्टी हो । यो छिटो छिटो निर्णय गर्न सक्दैन । एउटा सानो निर्णय गर्नु पर्यो भने त्यसलाई एकदुई महिना लाग्छ । एमालेले एकछिनमा निर्णय गर्छ । दर्ता गर्ने दिन मैले सबै मुख्य पार्टीका नेताहरुसँग सल्लाह गर्या थिएँ– दर्ता गर्नु पर्ने भयो भनेर । ए हाम्रो त निर्णय हुनु पर्छ भन्या थियो । तर, निर्णय हुँदा हुँदै त्यो निर्णय नै नहुने ठाउँमा पुग्छ । त्यसै भएर माननीय सदस्यहरुले महाभियोग दर्ता गर्नु भएको हो । कांग्रेसले समयमै निर्णय गर्न नसक्ने तर, सर्बाेच्च अदालतले टुंगो लगायो । राम्रो भयो । हुन त संसदले अहिलेसम्म टुंगो लगाइसक्नु पर्ने हो । तर, कांग्रेसले निर्णय गर्न सकेन, संसद ढिलो भो । कांग्रेस हत्तपत्त निर्णय गर्न सक्दैन । के हो विचार, छुट्याउन कांग्रेसलाई गाह्रो छ । 

 


हामीले वालवालिका, युवा, बृद्धबृद्धा, उद्यमी, भौतिक संरचना, आर्थिक विकास सबैको योजना बनाएर अघि बढाएका छौं । आफू नेतृत्वमा हुँदा विकासको राम्रो खाका दिएका छौं, बजेट छुट्याएका छौं काम सुरु गरेका छौं । एमालेका विषयमा विरोध गर्ने कुरा कसैसँग केही छैन । अनि भ्रम फिंजाएर, असान्दर्भिक र उद्दण्ड भएर एमालेलाई मधेस पस्न दिइंदैन जस्ता कुराहरु गरेर राजनीति गर्ने दौर चलाइरहेका छन् । त्यस्ता कुराहरुको वास्ता गर्ने भन्दा देशलाई कसरी अगाडि बढाउने भन्नेतिर जानु जरुरी छ । 

 

तपाईंहले पनि सुन्नु भयो होला– एमालेलाई प्रवेश निषेध, बढार्ने, अव विदा गर्ने कुरा । कतिपयलाई त म जवाफ दिन आवश्यक ठान्दिनँ, हाम्रै गल्ती हो– नागरिकता दिइसकियो, ठूल्ठूला कुरा गर्न थालिसके ।


हुलाकी राजमार्ग १९ वर्ष अगाडिदेखि चर्चा हुने गरेको तर, काम अगाडि जान नसकेको थियो । हामीले अहिले ४ अर्व २० करोड बजेट छुट्याएर आफैंले निर्माण गर्ने भनेर काम सुरु गरेका छौं । हुलाकी राजमार्गमा १० वटा स्मार्टसिटीहरु आधुनिक शहर निर्माण गर्ने काम हामीले सुरु गरेका छौं । यत्रो वर्षसम्म कति प्रधानमन्त्री भए । तर, विराटनगरको चक्रपथका लागि बजेट छुट्याउन एमालेको सरकार नै चाहियो । अव विराटनगर चक्रपथ बन्छ, जनकपुर चक्रपथ बन्छ । नेकपा एमालेले बजेटमा राजमार्गदेखि सदरमुकाम पुग्ने ६ लेनका बाटा बनाउन योजना बनाएको छ र बजेट छुट्याएको छ । हरेक सदरमुकाममा त्यसरी बाटो जान्छ र हरेक सदरमुकामलाई शहरीकरण गर्न प्रारम्भमै हामीले ५०÷५० करोड बजेट छुट्याएका छौं । यसैवर्ष गरिव परिवारका लागि २० हजार घर बनाउने र हस्तान्तरण गर्ने बजेट राखेका छौं । पूर्व पश्चिम राजमार्गलाई ४ र ६ लेनको बनाउने कार्यक्रम हामीले ल्याएका छौं । चतरा देखि हेटौंडासम्म अर्काे ४ लेनको बाटो बनाउने कार्यक्रमका लागि बजेट छुट्याएर काम सुरु भएको छ । त्यो कुरा पनि यहाँहरुलाई थाहा छ । मेची महाकाली विद्युतीय रेलको सर्भे गरेर काम अगाडि बढाएका छौं । यो कसैले पनि हाहा हुहु गरेर अब रोक्न सक्दैन । रेल चलाउने नेपालमा ! वाह ! वाह ! गरेर अव पूर्वपश्चिम रेल रोकिंदैन ।  केपी ओलीले त रेल चलाउँछु भन्यो, उखान टुक्का हाल्यो भनेर उडाइयो । मूर्खहरुको काम त्यस्तै हुन्छ । तिनीहरुसँग हामी बहस गर्दैनौं तर, रेल चल्छ चलाइन्छ । सर्भे भइरहेको छ अव काम हुन्छ । उत्तर दक्षिण रेल अगाडि बढ्छ । 


तराईमा कुन जिल्लालाई कृषिमा कुन विशेष क्षेत्र बनाउने ? अस्ती पुष्पकमल दाहालजी गएर झापामा धानबाली विशेष जोन उद्घाटन गर्नु भो । हामीले बजेट राखिदिएका थियौं, नयाँ योजना बनाएका थियौं । फर्केर आएपछि मैले उहाँलाई सोधेँ– कस्तो लाग्यो ? मैले त राम्रो बुझ्या थिएन राम्रो रहेछ भन्नु भो । फेरि हामी अर्काे पटक सरकारमा गयौं भने हामी सातै प्रदेशमा यस्तो योजना ल्याउँछौं भनेँ । पुष्पकमलजीले यो ज्यादै महत्वपूर्ण योजना रहेछ भन्नु भो । अव पूर्व पश्चिम रेलको शिलान्यास हुन्छ । उहाँहरुलाई त कामसँग होइन, उद्घाटन, शिलान्याससँग मतलव छ । हामीलाई शिलान्यास चराले गरोस् कि मुसाले गरोस् । विकाससँग, कामसँग मतलव छ । 

 


तराई मधेसका लागि हामीले धेरै गरेका छौं । अहिले यहाँ मधेस मधेस भनेर कराएको सुन्छु । यहाँका जनता कराएको हो र ? चार जना छन्, मधेस मधेस भनेर कराउने । जनतालाई बाटो चाहिया छ, विद्यालय, अस्पताल चाहिया छ । हामीले विकासक्षेत्रै पिच्छे विश्वविद्यालय दिएका छौं । हामीले क्षेत्रैपिच्छे विशेष औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यक्रम राख्या छौं । छक्कै परेका छन् दुनियाँ । एमाले एकचोटी सरकारको नेतृत्वमा पुगेको थियो, एउटै बजेटले यत्ति धेरै परिवर्तन गर्ने सोचहरु कसरी आयो ? देशको कायापलट गर्ने योजना कसरी सम्भव भयो ? एउटै बजेटले बाटो देखाएको छ, सपना देखाएको छ, उद्धेश्य दिएको छ । 


(एमाले मोरङ जिल्ला अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ब्यक्त गरेका विचारको सम्पादित अंश)

भिडियो हेर्नुहोस् :

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top