कास्की, ७ असोज । पोखरा महानगरपालिका–३१ बनपोखरीबाट बाघको छाला र सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–३१ बनपोखरीबाट एक थान बाघको छाला, एक थान सालकको खपेटा र करिब तीन किलो सात सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेकोभन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३९०२९०११ प ७८०६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारेको हो । 

बरामद सामानसहित लामिछानेलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।