हामी स्वास्थ्यक्षेत्र र विज्ञानका आविष्कारक एवं गुरु धन्वन्तरिदेखि गङ्गालाल हृदय केन्द्रको नयाँ विशिष्ट सुविधासम्पन्न आधुनिक कक्ष निर्माणसम्म आइपुगेका छौँ । यो नेपाल र नेपालीको सफलता हो । मानव जातिको सफलता हो । किनभने हामी देश विशेषको नागरिकता हेरेर बिरामीको उपचार गर्दैनौँ । मानव जातिको विरामीको उपचार गर्छौं । नागरिकताको होइन, मानव जातिको उपचार । त्यसकारण यो मानव जातिको, यस भेगमा प्राप्त सफलता हो । 

केपी शर्मा ओली

म यो सफलतामा असाधारण भूमिका खेल्नुहुनेहरूलाई विशेष बधाई र धन्यवाद भन्न चाहन्छु । म यसको इतिहासतिर अलिकति फर्किन चाहन्छु । त्यतिबेला म गृहमन्त्री थिएँ । म हाम्रा पुराना शास्त्रमा अलिक रुचि राख्छु । मैले पढिआएको थिएँ, पिता जमदग्निले दिएको आदेश बमोजिम पर्शुरामले आफ्नै आमाको हत्या गरे तर आमाको शिर छिनाइसकेपछि छोरा पर्शुरामले बुबासँग भने, मैले तपाईंको आज्ञा त मानेँ, अब मेरो माग पूरा गरिदिनु प¥यो जो तपाईंले वचन दिनुभएको थियो । उनले भने, मेरी आमालाई फेरि जस्ताको तस्तै ब्युँझाइदिनुस् । अनि जमदग्निले अपरेसन गरेर आफ्नी पत्नी रेणुकालाई ब्युँझाइदिए, जस्ताको तस्तै । लक्ष्मण लङ्कामा घाइते भए, बेहोस भए, कोमामा गए । औषधिको थलो भनेको त हिमालय पर्वत नै थियो । औषधि उत्पन्न हुन्छ हिमालयमा । जाऊ हिमालयमा गएर औषधि लिएर आऊ भनेर हनुमानलाई भनियो । उनले औषधि बोकेर गए र लक्ष्मण ब्युँझिए । 

धन्वन्तरिदेखि ऋषि पतञ्जलि अझ अगाडि वैद्य ऋषि अश्विनिकुमार र चरक जस्ता ऋषिहरूले धन्वन्तरिको परम्परालाई अगाडि बढाएका थिए । यो यहीँ ठाउँ हो जहाँ जडीबुटी पनि उत्पन्न हुन्छ । अर्गान ट्रान्सप्लान्टेसन गर्ने तहसम्मका सर्जन पनि यहीँ थिए । शनिको नजर पर्नेबित्तिकै पार्वतीका छोराको शिर गायब भयो, आपत प¥यो । त्यसपछि छेउमा जे भेटिन्छ त्यसको टाउको लेऊ भनियो । हात्तीको टाउको ल्याएर जोडे । ‘म्याचिङ’को ‘प्रोब्लेम’ पनि हल गरेका रहेछन् त्यतिबेलासम्म । अहिले अब बल्ल हामी म्याचिङ गराउने त्यो प्रविधितर्फ उक्लिदैछौँ । जरासन्ध छुट्टिएको अवस्थामा जन्मिएका थिए । तिनलाई अपरेसन गरेर एउटै बनाइएको थियो जोडेर । यस्ता अनेक प्रसङ्ग हाम्रा शास्त्रमा आउँथे । औषधि आउँथे । 

मैले सानोदेखि देखेको थिएँ, मेरी हजुरआमा (अरू त मलाई थाहा थिएन) ७ किलोमिटर परको बजार एक्लै जानुहुन्थ्यो, फर्कनुहुन्थ्यो । बिरामी नभई दीर्घजीवन बिताएर बित्नुभयो सुतेकै ठाउँमा । उहाँले इन्जेक्सन लिनुहुन्नथ्यो, ट्याब्लेट खानुहुन्नथ्यो । उहाँसँग औषधि बनाउने एउटा सानो खल थियो । एउटा सानो लोहोरो थियो । त्यसैले समस्याको समाधान गथ्र्यो । उहाँको न ब्लड प्रेसर, न सुगर, न हार्ट डिजिज केही पनि थिएन । मकै भटमास चपाउनुहुन्थ्यो । तर आज वातावरणको कारणले जमाना बदलियो । 

म ६७ वर्ष पूरा हुन लागेँ । मेरो दाहिनेपट्टिको बुद्धि बङ्गारो आफैँ खुस्कियो । तर १०१ वर्षमा मेरी हजुरआमा भुटेको मकै भटमास चपाउनुहुन्थ्यो । मेरो दाहिनेपट्टिको माथिल्लोे बुद्धि बङ्गारो गयो । छामी हेरें, जरा पनि छैन । रगत पनि आएन, कति अशक्त भएको रहेछ ! यस परिवर्तनले आज रोगको रोकथाम, निदान र उपचारको आवश्यकता वृद्धिलाई औँल्याएको छ र स्वास्थ्यविज्ञान एवं चिकित्साक्षेत्रको उन्नतिले यसलाई सम्भव पनि बनाएको छ । 

हामी अनाहक पछाडि पारिएका छौँ । मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, ग्य्राविटेसनको थ्योरी आचार्य भास्कर अथवा भास्कराचार्यले पत्ता लगाउनुभएको थियो र ११५० मा प्रकाशित उहाँको सिद्धान्तशिरोमणि भन्ने पुस्तकमा राम्ररी व्याख्या गरिएको छ, ह्वाट इज ग्रयाविटेशन ? 

हाम्रो भूगोल औषधि उम्रिने, जन्मिने भूगोल हो । जराबाट बन्ने औषधिलाई जडी, माथि उम्रिएको बिरुवा, पात, फलफूल आदि बुटीभित्र पर्छन् । हाम्रै शहरमा त्यसको प्रशोधन गर्ने ठाउँ राखेर त्यसको नाम ‘जडीबुटी’ भएको छ । यो यस्तो ठाउँ हो जहाँ जरा, बोक्रा, पात पनि औषधि हुन्छ । 

म गृहमन्त्री भएको बेला, त्यसभन्दा अलिक अगाडिसम्म त्यस ठाउँमा छालाजुत्ता कारखाना थियो । छालाजुत्ता बाँसबारीको सस्तो हुने भएकोले लगाउन मन पराउँथे मानिस । सस्तो पाइन्थ्यो– दुई रुपियाँ, तीन रुपियाँ, अढाई रुपियाँमा छाला जुत्ता राम्रो लगाउन पाइन्थ्यो । म पनि दुई–अढाई रूपैयाँमा जुत्ता किनेर लगाउँथे त्यही कारखानाको । 

उद्योगहरूमा मेरो विश्लेषणमा एउटा उल्का आइराखेको थियो – उद्योग मास्दै जाने । म बेचैन थिएँ, उद्योग मासिंदैछन् अरू थोेक केही हँुदै छैन । त्यस अवस्थामा एक दिन डाक्टर अरुण सायमिले मनमोहनजी र हामी भएका ठाउँमा मुटु अस्पताल खोल्नुप¥यो भन्नुभयो । होचो सिलिङ भएदेखि मेरो टाउको ठोकिन्थ्यो होला, म खुसीले त्यति उफ्रिएँ । एउटा नयाँ काम हुने भयो । साँच्चै नेपालमा हामी हृदयरोग निको पार्ने काम गर्छौं त ? सक्छौँ ? यस प्रश्नको सकारात्मक उत्तरसँगै नेपालको चिकित्साक्षेत्रमा एउटा अर्कै नयाँ युगको शुरुवात हुने थियो । 

हाम्रोमा साधारणतया गाउँघरमा मुुटु रोग लाग्दैनथ्यो । शिकारी लाग्थ्यो ! शिकारीले बाण हान्थ्यो । कहिले कहिले धामी, झाँक्रीले रिसायो भने बाण हान्छन् । खुसी भयो भने बाण तर्काउँछन् । निको भयो भने बाण तर्कायो नत्र भने बाण भित्रैसम्म गडिसकेको रहेछ, बिरामी गयो । शिकारीले बाण हान्थ्यो, अचानक मान्छे ‘फेन्ट’ हुन्थ्यो । ऐया भनिसक्दा पुक्लुक्क हुन्थ्यो । शिकारी लाग्थ्यो, हार्ट याट्याक हुँदैनथ्यो, ब्रेन ह्यामरेज हुँदैनथ्यो ! डा. सायमिको कुरा सुनेपछि मनमा प्रश्न उठेको थियो, यो मुटुमा शिकारीले बाण हान्न छोड्छ त नेपालमा ? शिकारी युग अन्त्य हुन्छ ? हामी विज्ञानको युगमा प्रवेश गर्छौं ? शिकारीको युगबाट मुटुमा रोग लाग्छ र त्यसको उपचार हुन सक्छ भन्ने युगमा प्रवेश गर्छौं ? त्यसमा चिन्ता थियो, समाधान आउने भयो । 

त्यसपछि मैले जानेका डक्टरहरू, अरुण सायमिले त्यसमा कुरा चलाउनुभयो, डाक्टर मृगेन्द्र पाण्डे, डाक्टर भगवान कोइरालाहरूले उत्साह देखाउनुभयो । ‘अगाडि बढाउनुस्, सरकारले समर्थन गर्छ । ’ ठाउँ कहाँ गर्ने ? ‘बाँसबारी छालाजुत्ता कारखानाको ठाउँ खाली भएको छ । ’ सबै दिने कि आधा दिने ? अलिकति दिने कि पूरै दिने ? दिने कि नदिने ? अस्पताल भनेको स्वाथ्य चौकीभन्दा माथि जिल्ला अञ्चल अस्पताल र त्यसभन्दा माथि वीर हस्पिटल र टिचिङ हस्पिटलसम्म देखेको नेपालीलाई बाँसबारी छालाजुत्ता कारखानाको सम्पूर्ण एरिया एउटा मुुटु अस्पताललाई दिनु भनेको ‘वेस्ट अफ ल्याण्ड’ हो, त्यो पर्र्दैन भन्ने जस्तो चर्चा पनि चल्यो । कति प्राप्त गर्नुभयो ? याद भएन । जे होस् त्यो बहस अलिकति चलेको थियो त्यतिबेला । 

आज मैले सुनंँ, १७ हजार ‘ओपन हार्ट सर्जरी’ भइसकेको छ यहाँ । लाखौँले उपचार पाएका छन् । अब ३४ बेडको इमजेन्सी वार्ड भएको छ । पहिले यो वार्ड सानो थियो । 

अब हामीसँग नयाँ–नयाँ प्रविधि छन् । आँखाको अप्रेसन गर्न प¥यो भनेपछि मान्छे थर्कमान हुन्थे । आँखाको अप्रेसन गर्र्ने भनेपछि कहाँ सुई घोच्ने, के गर्ने यति बाक्लो कालो चस्मा लगाएर हिँड्नुपर्ने, अनेक अप्ठेरा थिए । मैले ‘इम्युनो सप्रेसिभ’ औषधि खानुपर्छ र खाने गर्छु । शरीरको इम्युन प्रणालीको सप्रेसनले ‘क्याट¥याक्ट’ हुँदोरहेछ, फुलो पार्दो रहेछ । दुईवटै आँखामा एकैचोटि फुलो प¥यो । अगाडि कोही बसेको छ भनेर देख्ने तर नचिनिने । कागज हेर्दा अक्षर नदेख्ने मात्रै होइन कि यहाँ कालो छ भन्ने पनि नदेख्ने, सेतो मात्र देख्ने । यस्तो स्थिति भयो, अपरेसन त गर्नैप¥यो । अपरेसन गर्दा सुई घोच्छन् कि भन्ने पनि थियो । सुई पनि घोचेनन्, यसो ड्रप्स राखिदिएर १० मिनेट पर्खनुस् भने । लगेर बेडमा सुताए । यो बत्तीमा हेर्नुस् है भने । सात मिनेटपछि फेरि थोपा हाल्यो, विस्तारै आँखा खुल्दै जान्छ भन्यो । दुईचार मिनेटपछि छङ्ग देखेंँ छक्क लाग्यो । अपरेसन यति सजिलो रहेछ !

हाम्रो भूगोल औषधि उम्रिने, जन्मिने भूगोल हो । जराबाट बन्ने औषधिलाई जडी, माथि उम्रिएको बिरुवा, पात, फलफूल आदि बुटीभित्र पर्छन् । हाम्रै शहरमा त्यसको प्रशोधन गर्ने ठाउँ राखेर त्यसको नाम ‘जडीबुटी’ भएको छ । यो यस्तो ठाउँ हो जहाँ जरा, बोक्रा, पात पनि औषधि हुन्छ ।

हाम्रा धर्मशास्त्रहरूमा अन्धविश्वास मात्रै पस्किइएको छै्रन । दैवी इच्छा र भगवानको लीला भनेर मात्रै पस्किएको छैन । त्यसैकारण भगवानको इच्छा अनुसार जरासन्ध दुईओटा जन्मिएको थियो । अपरेसनपछि एउटै भयो । भगवानका इच्छा अनेक हुँदारहेछन् । त्यसलाई फेरि विज्ञान–प्रविधिले आफ्नो ठाउँमा ल्याउन सक्ने रहेछौं । आज विज्ञान–प्रविधिको विकास भएको छ, आर्टिफिसियल अर्गानहरू । तिनीले काम गर्ने । नसा ब्लक भयो, खोलिदिने । एन्जियोग्राम, एन्जियोग्राफीदेखि लिएर अहिले त्यसका लागि खोलिरहनु पर्दैन । पहिले छाती चिरेर खोल्नुपथ्र्यो । अहिले नसाबाट सुई दिएझैं एउटा पाइप सुर्र्र पठाइदिने र खोलिदिने । तत्काल खोलेर फेरि खुम्चिन सक्छ भने खुम्चिन नदिने अर्को पाइप राखिदिने । न त्यो पाइप खुम्चिन्छ, न त्यो नसा खुम्चिन पाउँछ । अर्थात् मुटु, मस्तिष्कको अपरेसन । दुईवटा टाउका जोडिएका गङ्गा–जमुना अलग–अलग भए । यद्यपि उनीहरूको जीवन लामो भएन प्रयोगात्मक स्थितिमा । किड्नी ट्रान्सप्लान्टेसन १९०२ बाट सुरु भए पनि यथार्थमा १९५३ बाट त्यसको वास्तविक ट्रान्सप्लान्टेसनका प्रयास अगाडि बढे । १९७० सम्म अर्थात् करिब ७० वर्षभित्रै ट्रान्सप्लान्टेसनको स्थिति यति विकास भयो । १९७० भन्दा पछि ट्रान्सप्लान्ट गरेका मान्छे अहिलेसम्म जीवित छन् । १२ वर्ष अगाडि ट्रान्सप्लान्ट गरेको म सुरुदेखि ‘नर्मल लाइफ’ व्यतित गरिरहेको छु । 

मेडिकल सेक्टरमा हामी आफंँले पनि काफी प्रगति हासिल गरेका छौँ । चार–पाँच दिन अगाडि म तिलगङ्गा आँखा अस्पतालमा गएको थिएँ । त्यहाँको प्रगति देख्दा निकै खुसी लाग्यो । उहाँहरूले विश्व स्वास्थ्य सङ्गठन, डब्लुएचओको एउटा सहयोगीको हैसियत, सहकार्य गर्ने संस्थाको हैसियत प्राप्त गर्नुभएको छ । यस्ता विश्वका आठवटा संस्थामध्ये एउटाको रूपमा तिलगंगाले मान्यता प्राप्त गरेको छ । यो सानो कुरा होइन । नेपालले बनाएका लेन्सहरू विश्वव्यापी रूपमा वितरण भएका छन् । अहिले ५० लाख लेन्स वितरण भएका छन् र दुनियाँका अनेक हस्पिटलले नेपालले तयार गरेका लेन्सहरूको प्रयोग गरिराखेका छन् । 

हामीले काभ्रेमा भ्याक्सिनका लागि भाइरसहरूको संकलन गरेका छौँ, तिनको बैङ्क तयार गरेका छौँ । जसबाट हामी विभिन्न किसिमका खोप दिन सक्छौँ, भाइरसको सङ्कलन गरेर खोप दिन सक्छौँ । अहिले हामी हाम्रो उत्पादनको ९० प्रतिशत खोप बाहिर निर्यात गर्दछौँ । यस्ता अनेक उच्चस्तरीय प्रयोग, परीक्षण र उपलब्धि नेपालमा भएका छन् । जसमध्ये गङ्गालाल हृदयकेन्द्र, सफलताको इतिहास बनाउँदैछ । यसको स्थापना यताका २४ वर्षमा मेडिकल सेक्टरमा हाम्रो सफलताको इतिहास उल्लेख गर्दा गङ्गालाल हृदय केन्द्रलाई स्मरण गर्नुपर्छ । 

यसले गरेको प्रगति र यसले पु¥याएको सेवा दुईवटै पक्ष छन् । यसले पु¥याएको सेवा असाधारण छ । यसले मोबाइल हस्पिटलको रूपमा पनि विभिन्न ठाउँमा गएर सर्भिस उपलब्ध गराएको छ । हस्पिटलमा धेरै सेवा उपलब्ध छन् । यसबाट उत्पादित अनुभवी डक्टरहरू, यसबाट प्रशिक्षित स्वास्थ्यकर्मी, नर्सहरूले विभिन्न ठाउँमा गएर महŒवपूर्ण सेवा पु¥याउनुभएको छ । त्यसकारण म यस सफलताको उच्च प्रशंसा गर्न चाहन्छु । यस्ता सफलताका कथा अरू पनि हाम्रा स्वास्थ्य संस्थाले हासिल गर्न सकून् र यो भूमि र हाम्रा पुर्खाको स्वास्थ्यविज्ञान क्षेत्रको गौरवपूर्ण इतिहास पुनस्र्थापना र थप उचाइमा पु¥याउन सकौँ । 

हाम्रा दार्शनिक पुर्खाले प्रतिपादन गरेको दर्शनले विकासको ढोका खोल्यो । जस्तो साङ्ख्यदर्शन । साङ्ख्यदर्शनको अनुयायीको रूपमा कपिलमुनिले साङ्ख्यदर्शन र योगको विकास गरे । हाम्रा अर्घाखाँचीका गुरु पतञ्जलीले सायद ११ सय वर्ष अगाडि योगको थप विकास गरे,– स्वाथ्यका निम्ति योग । खाली शारीरिक मात्रै होइन, अक्सिजनसँग सम्बन्धित, प्राण, फोक्सो, फोक्सोले शरीरका विभिन्न भागमा पु¥याउने अक्सिजनसँग सम्बन्धित र मस्तिष्कमा अक्सिजनको महŒवका सम्बन्धमा खोज अनुसन्धान र विकास गरे । ध्यान – ध्यानबाट स्वास्थ्यमा लाभ, ध्यानबाट मस्तिष्क, मस्तिष्कको एकाग्रता बुद्धले विकास गरे २६ सय वर्ष अगाडि । तसर्थ द्वापरयुगमा कृष्णका मुखबाट गीताको रूपमा गुरुहरूले बताएका छन,् साङ्ख्यदर्शन र योगको महŒवको बारेमा । योगको स्वास्थ्य र जीवनसँग सम्बन्धको बारेमा । अन्धविश्वास होइन, त्यसभन्दा माथि उठेर प्रयोगमा विश्वास गरे । जसबाट औषधि विज्ञानको बाटो विकास गर्न सकियो । 

अन्धविश्वासमा परेर अब भगवानको इच्छा हो बाँचिने भए बाँचिन्छ भन्ने हो भने औषधि विज्ञानको विकास हुदैन । अपरेसनको अर्थ हुँदैन । इन्जेक्सन र ओखती अनेकको अर्थ रहँदैन । हामीले निदान अथवा डाइग्नोसिस गरिरहनुपर्ने अर्थ रहँदैन । यसको अर्थ प्रयोगात्मक विज्ञानसँग सम्बन्धित छ । त्यो विज्ञान प्रयोगात्मक दर्शनबाट निस्किन्छ । 

हाम्रा पुर्खाले सबैभन्दा पहिले यस्तो दर्शनको विकास गरे जुन दर्शनबाट प्रयोगको विकास भयो । बुद्ध आफैँ भन्छन्– मेरो वाणीमा पनि विश्वास नगर । प्रयोग गरेर हेर, परीक्षण गरेर हेर । परीक्षणबाट मेरो वाणी सही भयो भने मात्रै अगाडि बढ । त्यसकारण बुद्धवादको एउटा शाखा औषधि विज्ञान पनि हो । बुद्धिज्मको एउटा शाखा– औषधि । त्यसकारण बुद्धको एउटा तस्वीर, शालिक हेर्नुभयो भने त्यहाँ केही पातहरू समातेको देखिन्छ । अथवा जडीबुटी, औषधिविज्ञान । यसरी हाम्रो गौरवपूर्ण परम्परा थियो इतिहासको । त्यो गौरवपूर्ण इतिहास समयक्रममा अनेक कारणले निकै ओइलायो तर आज हामी खुसी छौँ कि हाम्रो पुस्ताले, हाम्रो पुस्ताले त्यसको पुनर्जीवन, फेरि पुनप्र्राप्ति र पुनरुत्थान गरेको छ । 

म धेरै ठाउँमा भन्ने गर्छु, पुनरुत्थान । त्यसको अर्थ हुन्छ जसको पहिले उत्थान थियो, बीचमा हराएको थियो, फेरि उठ्नुपर्छ । त्यसकारण पुनरुत्थान हाम्रोमा जरुरी छ । जहाँ उत्थान हँुदैछ, त्यहाँ पुनरुत्थान होइन, उत्थान हुन्छ । कतिपय देशले उत्थान गरे । अब मैले डक्टरहरूको जमातमा ‘ह्वाट्स द इम्पोर्टेन्ट अफ दि जेनेटिक मेमोरी’ भनिरहन पर्दैन होला । कार्बन इलिमेन्टले खाली मान्छेको पूर्वजको शक्लसुरत, रङ, आनिबानी मात्रै उतार्ने होइन । मस्तिष्क पनि उतारेर ल्याएको हुन्छ । त्यसकारण हाम्रा सन्ततिले अवसर पाउनेबित्तिकै हाम्रा ती महान् धन्वन्तरिदेखि लिएर, औषधि विज्ञानका प्रणेता, प्रयोगकर्तादेखि लिएर ती सबैको ज्ञानको जेनेटिक मेमोरीको जगमा अब ठूला उपलब्धि प्रस्तुत गर्न सक्छन् । कतिपयमा साहित्यका कल्पना मिसिएका होलान् तर त्यो कल्पना असम्भव कल्पनामात्रै थिएन । 

पुष्पक विमानको परापूर्वकालमा कल्पना गरिएको थियो । अनौठो लाग्छ– पुष्पक विमान लिएर रामलाई लिन लङ्का गइयो, एयरपोर्ट बनाइएको थिएन । पुष्पक विमान हेलिकप्टर झैं ‘ल्याण्ड’ र ‘टेक अफ’ गथ्र्यो । त्यो एयरपोर्टको चाहिँ कहीँ वर्णन पाइँदैन तर जान्थ्यो । कथा र कल्पना नै सही तर हाम्रा पुर्खाले कति टाढा देख्दारहेछन् ? विमान बने र अहिले पानीजहाजमाथि नै रनवे र टेक अफ, यति छोटो रनवेमा ल्याण्डिङ, टेक अफ गरिएको देखिन्छ । त्यस्तो त बनेकै छ नि ! तसर्थ हाम्रा पुर्खाहरूको दृष्टि असाधारण थियो । 

हामी अनाहक पछाडि पारिएका छौँ । मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, ग्य्राविटेसनको थ्योरी आचार्य भास्कर अथवा भास्कराचार्यले पत्ता लगाउनुभएको थियो र ११५० मा प्रकाशित उहाँको सिद्धान्तशिरोमणि भन्ने पुस्तकमा राम्ररी व्याख्या गरिएको छ, ह्वाट इज ग्रयाविटेशन ? 

पृथ्वी गोलो छ । किन सम्मजस्तो देखिन्छ ? यसको गोलाइ कति छ ? यसको व्यासको पनि उनले ‘मेजरमेन्ट’ दिएका छन् गणितबाट । ‘साइन्स’ले त्यो मेजरमेन्ट २० मिटर फरक पर्यो भनेको छ । धुलेपाटीमा धुलो हाल्दै मेट्दै, सिमालीको डाँक्लाले लेख्दै, फेरि मेट्दै गरेर नापेको आज गुगलबाट नापेकोभन्दा २० मिटर फरक प¥यो भनिराखेका छन् मानिसहरू । त्यो २० मिटर साइन्सले सच्याउनुपर्छ भन्ने मलाई लाग्छ । भास्करचार्य वाज करेक्ट !

नवग्रह छन् भनेर गणितले हजारौँ वर्ष अगाडि भन्यो । साइन्सले मानेन । हाम्रा क्यामेराहरूले नवग्रह समातेनन्, यो होइन भन्यो । क्यामेराहरू डेभलप हँुदै गए । सात ग्रहबाट आठ ग्रह समातियो भन्यो । आठचाहिँ एकदम पक्कै हो । त्योभन्दा बढी होइन, किनभने हाम्रा क्यामेराले समातेन । साइन्स आफैँमा सत्य हो । क्यामेराले समातेपछि मात्रै मान्छ । उसका क्यामेराले समातेको आठ ग्रह ठीक थियो तर क्यामेरा कमजोर थियो । गणित कमजोर थिएन । कन्फ्युजन त्यसमा पनि थियो, ग्रहहरू कुन–कुन हुन र उपग्रह कुन हुन् ? नक्षत्र कुन हुन् ? त्यसमा केही डिस्ट्यान्सको हिसाबले नजिक भएकालाई ग्रह भनियो, टाढा भएकालाई नक्षत्र त भन्यो तर ग्रहहरूका नामहरूमा वा जस्तो चन्द्रमा उपग्रह थियो तर ग्रह हो भन्ने भ्रम प¥यो । तर चन्द्रमा, त्यसको गति, अवस्थिति, डिस्ट्यान्स हाम्रा पुर्खाहरूले पत्ता लगाएका थिए र ज्वारभाटा कहिले जान्छ ? के हुन्छ ? सबै भनेका थिए । 

अन्धविश्वासमा परेर अब भगवानको इच्छा हो बाँचिने भए बाँचिन्छ भन्ने हो भने औषधि विज्ञानको विकास हुदैन । अपरेसनको अर्थ हुँदैन । इन्जेक्सन र ओखती अनेकको अर्थ रहँदैन । हामीले निदान अथवा डाइग्नोसिस गरिरहनुपर्ने अर्थ रहँदैन । यसको अर्थ प्रयोगात्मक विज्ञानसँग सम्बन्धित छ । त्यो विज्ञान प्रयोगात्मक दर्शनबाट निस्किन्छ । 

मैले धेरै ठाउँमा भनेको छु, त्यसैकारण ग्रह, उपग्रहको अवस्थिति, गति र तिनको पृथ्वीमा प्रभावको जानकारी भएकैले एसियाका मान्छेहरूले प्रशान्त महासागर डुङ्गाबाट तरे । ज्वारभाटा आदिको अवस्थितिको बारेमा जानकारी थियो र नै त्यो आँट गरे । हाम्रा पुर्खाहरूले ज्योतिष, गणित– यी सबै विधाको अनेक पक्षमा विकास गरेका थिए । स्वास्थ्यविज्ञानको क्षेत्रमा यस भूभागमा मात्रै विकास थियो हजारौँ वर्ष अगाडि । तीन हजार, चार हजार वर्ष अगाडि स्वास्थ्यविज्ञान यहाँ मात्र थियो । आदिगुरु धन्वन्तरिले स्वास्थ्यविज्ञानको सुरुवात गरेका प्रसङ्ग पाइन्छ । त्यसपछि अरू ऋषिहरूले अनेक प्रयोग गरे । औषधीय कन्दमूल वा वनस्पतिका रस, स्वाद, गुण, पाक यी अनेक कुरा पत्ता लगाए । स्वाद एउटा छ तर त्यसको गुण अर्कै हुन्छ र त्यसको पाक अर्को हुन्छ । सिंहदरबार वैद्यखाना अथवा नरदेवी आयुर्वेद अस्पताल, त्यतापट्टिका प्रोफेसर साबहरू, गुरुहरूलाई थाहा हुन्छ रस, स्वाद, गुण, पाक । यो सर्जिकलभित्र पर्दैन तर वैद्यहरूलाई थाहा हुन्छ ।