जापानी नोट बन्ने अर्गेली ब्यवसायिक रुपमै उत्पादन हुँदै 


Tuesday, 27 Dec, 2016 10:43 AM

पाँचथर, १२ पुस– नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ । 

 

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्मेलनले व्यावसायिक अर्गेली खेती विस्तारलाई अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो । 

 

सम्मेलनले कञ्चनजङ्घा भू–परिधि क्षेत्रभित्रका सामुदायिक वन, कबुलियति वन, सरकारद्वारा व्यवस्थितवन तथा निजी वनमा अर्गेली उत्पादनका लागि सम्बद्ध सबै निकायले पहल गर्ने घोषणा गरेको छ । 

 

यस्तै अर्गेलीको दिगो तथा गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने ज्ञान, सिप, प्रविधि र स्रोत साधनको विस्तार गर्ने र अर्गेलीबाट उत्पादित कच्चा पदार्थ तथा तयारी वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी बजार विस्तार गर्ने निर्णय गरेको छ । सरकारी तथा गैरसरकारी निकायको उपस्थितिमा सम्पन्न सम्मेलनले अर्गेलीको ओसारपसार र बजार विस्तारका लागि कानुनी व्यवस्थालाई व्यावहारिक र सरल बनाउन पहल गर्ने निर्णय लिएको छ । 

 

यस्तै अर्गेलीको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय व्यक्ति, समुदाय, संस्था र निकायको सञ्जाल निर्माण गरी व्यावसायिक उत्पादनमा सघाउ पु¥याउने घोषणापत्रमा उल्लेख छ । यस्तै अर्गेलीसम्बन्धी सूचना प्रणालीको विकास गर्ने र पाँचथरमा अर्गेली सूचना केन्द्र निर्माण गर्ने घोषणा गरिएको छ । 

 

घोषणापत्रमा वन तथा भू–संरक्षण मन्त्रालयका उपसचिव बलराम कँडेल, पाँचथरसहित ताप्लेजुङ, इलाम र झापा जिल्ला वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट)का प्रतिनिधि, अर्गेली खेतीमा सहयोग गर्दै आएको कानपाउ नेपालका प्रतिनिधि, ताप्लेजुङ र पाँचथरका सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधि, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालय तथा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद् ताप्लेजुङ, वन पैदावार व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अर्गेली उत्पादन गरिरहेका सहकारी तथा समूहका प्रतिनिधिलगायतले घोषणापत्रमा हस्ताक्षर गरेका छन् । पूर्वी नेपालका विभिन्न जिल्लामा अर्गेलीको उत्पादन हुँदै आएको छ ।

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top