स्वदेशी फूलको अध्ययन सुरु


Thursday, 12 Jan, 2017 11:24 AM

ललितपुर, २८ पुस – गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय  सजावटका फूलको अध्ययन÷अनुसन्धान सुरु भएको छ । 

 

स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए । विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ । उनले भने, “हामीले विभिन्न जातका स्वदेशी फूलको जीवन चक्रको अध्ययन गरिरहेका छौँ ।” 

 

स्वदेशी फूलको अध्ययनका क्रममा अहिले उद्यानमा खिरौला, नेपाली लिली, दमाईं फूल, ग्राउन्ड अर्किड लगायतको अध्ययन भइरहेको छ । फूलको पात, फूल, हाँगा बीउ लगायतका भागको समेत अध्ययन भइरहेको छ । यी फूलको सम्भावना देखिएमा तिनलाई नर्सरीमा लगाउन पुष्प व्यवसायीलाई सल्लाह दिने उद्यानको योजना छ । उनले भने, “हामीले गरेको अध्ययनबाट पुष्प व्यवसायीले सिकेर आफ्नो नर्सरीसम्म लगाउन सक्छन् ।” 

 

अध्ययन÷अनुसन्धानका लागि वनस्पतिविद् र विद्यार्थीसमेत उद्यानमा आइरहेका छन् । नेपाली मात्रै नभएर विदेशी आगन्तुकसमेत वनस्पतिको अध्ययनका लागि आउने गर्छन् । उद्यानले विगतदेखि नै वनस्पतिको विभिन्न अध्ययन गर्दै आएको छ ।

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top