काठमाडौं २९ फागुन – नेपाली आकाशमा अन्तराष्ट्रिय विमान दुर्घटना यो आठौं पटक हो । सोमबार युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको हो । नेपाली आकाशमा विमान उड्न लागेको ६९ वर्ष भएको छ । यो सात दशकको हवाइ इतिहासमा अन्तराष्ट्रिय र आन्तरिक गरी ८५ वटा विमान दुर्घटनामा परेका छन् । 

आन्तरिक उडानमा सेवा दिदै आएका बिमान समेत जोड्दा आइतबारको यो दुर्घटना ८५ औं दुर्घटना हो । तर विमानस्थलमै दुर्घटना भएको र ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो । यस अघि पनि टर्कीस एयरलाइन्स विमानस्थलमै दुर्घटना भएको थियो । तर सबै यात्रु सकुशल उद्धार गरिएको थियो  । 

अन्तरराष्ट्रिय विमान दुर्घटना परी अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ भने नेपाली आकाशमा अहिलेसम्म ६५५ जनाले ज्यान गुमाएका छन् । आन्तरिक उडानका जहाज दुर्घटनामा परेर २९६ जनाको ज्यान गएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय  बिमान दुर्घटना  इतिहास
पहिलो पटक  
सन् १९५५ को फेब्रुअरी ८ मा
अन्तर्राष्ट्रिय एयरलाइन्स कालिंगा एयर
सिमरामा दुर्घटनामा परर्यो 
२ जनाको ज्यान गयो 
एकजनाको सकुशल उद्दार 


 
सन् १९५६ मे
इन्डियन एयरलाइन्सको जहाज 
१४ जनाको ज्यान गएको थियो
१९ जनाको सकुशल उद्दार 


सन् १९९२ सेप्टेम्बरमा
पाकिस्तान एयरलाइन्सको विमान 
भट्टेडाँडामा दुर्घटना
पर्दा १५७ जनाले ज्यान गुमाए

 सन् १९५८
इन्डियन एयरलाइन्सको जहाज 
 सवार २० जनाको ज्यान गएको थियो । 

सन् १९९२ को जुलाइ
थाई एयरवेजको जहाज दुर्घटना
नुवाकोटको ग्याङ्देफेदीमा 
बिमानमा  रहेका ११३ जनाकै ज्यान गयो 

सन् १९९९ मा 
लुफ्थान्साको कार्गो बिमान दुर्घटना
जसमा ५ जनाले जीवन गुमाए