पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण : दाहाल

सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गर्ने


Tuesday, 10 Jan, 2017 6:14 PM

चितवन, २६ पुस - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताएका छन् । 

भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । 

तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे । 

अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताए । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निक्र्योल गर्नुपर्ने उनले बताए । 

मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उनले भने, “म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने भनेको छु ।” तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उनले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको पनि बताए । 

इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उनले भने, “हामीले गौरव गर्ने विन्दु छ त्यो हो एउटा कविलाई भूरे टाकुरे राज्यबाट केन्द्रीकृत एउटा बलियो सामान्ती नै राज्य बन्नु प्रगतिशील हो त्यो पछि हटेको कदम होइन ।” 

शान्तिप्रक्रिया भएका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको स्मरण गर्दै उनले कतै कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफुले त्यसलाई रोकेको बताए । 

प्रधानमन्त्री दाहालले एसियाकै नमुना अस्पताल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त्यहाँका पदाधिकारी, कर्मचारीको मुख्य समस्या देखिएको र उपकरण पुराना भएकाले यसको सुधारका लागि आफू तयार रहेको बताए । उपकरणको सन्दर्भमा आफूले चिनियाँ अधिकारीसँग कुराकानी गरिरहेको पनि जानकारी दिए । 

सोही अवसरमा प्रधानमन्त्री दाहालले आफू कुलपति रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद आफ्नै कार्यकालमा टुङ्ग्याई छाड्ने बताए । सोसम्बन्धी राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा बनेको समितिले १०-१५ दिनमा प्रतिवेदन दिने र त्यसलगत्तै समस्या समाधान गरिने बताए । 

अर्को प्रसङ्गमा प्रधानमन्त्री दाहालले दियालो बङ्गला ऐतिहासिक स्थल रहेको हुँदा नेपाल ट्रस्टको स्वामित्वमा रहेको सो जमिन राज्यका निम्ति र नगरको हितमा प्रयोग गर्ने विषयमा पहल गर्ने बताए । 

उनले चितवनको विकासका लागि विशेष प्याकेज कार्यक्रम ल्याउने भन्दै अब बन्ने भरतपुर महानगरपालिकामा चक्रपथका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिने, विमानस्थलको विकास गर्ने वन्यजन्तु र जनधनको क्षति न्यूनीकरणका लागि पहल गर्ने, वैकल्पिक पुलको अध्ययन गर्ने, गोलाघाटमा पुल निर्माण गरी लुम्बिनीसँग चितवनलाई जोड्ने, कृषि बजार, औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेलगायतका काममा ध्यान दिने बताए । 

कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गीता वाग्ले, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्रपा चितवनका निर्देशक समितिका संयोजक बद्री तिमिल्सिना, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमलगायतले बोलेका थिए । 

कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले आउँदो आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए । 

भरतपुर उपमहानगरपालिकालाई अन्य दुई नगरपालिका जोडेर महानगरपालिका प्रस्ताव गरिएको छ । आउँदो आवका लागि उपमहानगरपालिकाले अनुमानित बजेट रु ८९ करोड ५० लाख ९९ हजार ४०० प्रस्ताव गरेको छ । रासस 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top