काठमाडौ, २८ जेठ– युरोप भ्रमणका क्रममा बेलायतमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ। 

उहाँले बेलायती समकक्षी टेरिजा मे,  बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गर्नुभएको छ ।

लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गर्नुभएको हो ।


भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

१७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।


स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डन पुग्नुभएका प्रधानमन्त्री ओलीले हिजो अक्फोर्ड युनियनले आयोजना गरेको एक कार्यक्रममा नेपालले समृद्धि हासिल गरेका मुलुक पनि गरिबी, असमानता, संघर्ष, जलवायु परिवर्तन र आतंकवादबाट पूर्ण रुपले मुक्त नरहेको उल्लेख गर्नुभयो ।