काठमाडौं, २५ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओली दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनुभएको छ । कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न बुद्ध जयन्तीका अवसरमा बालुवाटारमा गरिएको दीप  प्रज्ज्वलन कार्यक्रममा उहाँ सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप  प्रज्ज्वलनमा प्रधानमन्त्री, प्रथम महिला राधिका शाक्यसँगै  मन्त्रिपरिषद्का सदस्यहरू पनि सहभागी हुनुभएको थियो ।

हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप  प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले बृद्धजयन्तीका अवसरमा आज विहान बुद्धको शालिकामा माल्यापर्णपनि गर्नुभएको थियो ।