काठमाडौ,२७ साउन– सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले टवीट गदै भन्नुभयो,‘मेरो स्वास्थ्य सामान्छ छ।’ नियमित स्वास्थ्य परिक्षणका लागि एकसाता अघि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत  स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिनुभएको हो ।

ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद भन्नुभएको छ । उहाँले उपचारमा संलग्न चिकित्सकको टोलीप्रति आभार व्यक्त गर्नुभएको छ ।