काठमाडौ, २७ साउन– स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुभएको छ । थाइ एयरवेजको बिमानबाट आज दिउसो साढे १२ बजे उहाँ स्वदेश फर्किनुभएको हो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत लगायतले विमानस्थलमा  स्वागत गर्नुभएको थियो ।
 

साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगैसिंगापुर भ्रमणमा रहैका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सा डा दिव्यसिंह शाह पनि स्वादेश फर्किनुभएको छ ।