काठमाडौं,२८ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको ऐतिहासिक पारवहन तथा सम्झौता अब पूर्णरुपमा कार्यान्वयनमा आएको छ । भारतीय नाकावन्दीको प्रतिकूल अवस्थामा प्रधानमन्त्री ओलीले साहसिक  निर्णय गदै चीनसँग पनि पारवहन र यातायातको सम्झौता गर्नुभएको थियो । नेपालको परराष्ट्र सम्बन्धको इतिहासमा यो अत्यन्तै महत्त्वपूर्ण निर्णय थियो । जसले नेपाललाई भू–परिवेष्ठित राष्ट्रबाट भू–जडित राष्ट्रमा रूपान्तरण गर्‍यो । २०७२  सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि उहाँले नेपाललाई वास्तवमै सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा स्थिापित गर्नुभयो । त्यसको एउटा प्रमाण चीनसँग पनि सम्बन्ध बिस्तार हो । ऐतिहासिक सम्झौता भएको केही समय बितिसक्दा पनि  सम्झौता अनुरुपको प्रोटोकलहरू  तयार नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन । जब दोस्रोपटक  उहाँ प्रधानमन्त्री बन्नुभयो, उहाँको मुख्य जोड सम्झौता अनुरूपको  प्रोटोकलहरु तयार पार्नु र त्यसमा दुवै  देशबीच सहमति कायम गर्नुमा नै थियो । जस अनुसार राष्‍ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा परराष्ट्र मन्त्री स्तरमा उक्त प्रोटोकलहरूमा सहमति भयो । उक्त प्रोटोकलले नेपाल र चीनबीच अहिलेसम्म एउटा समस्याको रूपमा रहेको कनेक्टिभिटीलाई सबै कोणबाट अघि बढायो । नेपालले अहिलेसम्म भारत वा अन्य तेस्रो देशसँगको व्यापारमा भारतीय बन्दरगाहमै जिम्मेवार हुनुपर्ने अवस्था थियो । त्यसमा पनि कलकत्ता पोट मात्रै एउटा बिन्दु थियो । भारतसँग विशाखा पटनम बन्दगाह प्रयोग गर्ने सहमति भएपनि अझेै कार्यान्वयनमा आइसकेको छैन ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै अब नेपालले पारवाहन र यातायातका लागि भारतीय बन्दरगाह र मार्गहरू मात्रै प्रयोग गर्ने अवस्थाको अन्त्य भएको छ । आइतबार उद्योग मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार अब नेपालले तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने छ । यो नेपालको विकासका  लागि आधार स्तम्भ नै हो । नेपालको परराष्ट्र सम्बन्धको  इतिहासमा यो कदम ऐतिहासिक त हुँदै हो, नेपालको  अन्तर्राष्‍ट्रिय प्रतिष्ठा र छवि स्थापित सबैभन्दा महत्वपूर्ण रणनीतिक पहल हो । नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी र अन्तर्राष्‍ट्रिय सम्बन्ध व्यवहारिक रूपमै अघि बढाउनु भएका प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि नेपाल र नेपालीलाई लगाएको सबैभन्दा ठूलो गुण पनि हो । चिनियाँ  राष्टपति सि चिन फिङ्ग नेपाल भ्रमणमा आउनुभएको  बेला एउटा महत्वपूर्ण र ऐतिहासिक महत्त्व राख्ने मन्तव्य दिनुभएको थियो ।

त्यो नेपाललाई ल्याण्ड लकबाट ल्याण्ड लिङ्गक बनाउन चीनले सहयोग गर्ने, राष्टपति सी को उक्त संकेत नेपाल चीनबीच सबै खालको कनेक्टिभिटि  विस्तार गर्नेतर्फ लक्षित थियो । त्यस  अनुरूप हवाई, रेल र सडक सन्जाल विस्तार गर्ने सहमति भइसकेको छ भने अब चीनका चारवटा समुन्द्रिक बन्दरगाह  र तीनवटा सुख्खा बन्दरगाह गरि जम्मा सातवटा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । दुई देशबीच त्यतिबेला भएको सहमति अनुरूप नेपालले अन्तर्राष्‍ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र  झयाङझियाङ सामुदायिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाहको उपयोग गर्न पाउने भएको छ । बन्दरगाह  बाहेक  दुई  देशबीच थप नाका प्रयोगमा पनि सहमति  जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवाहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङका, नेचुङ ‘कोराला’ र ओलाङचुङगोला गरी छवटा नाका नेपालले प्रयोग गर्न सक्ने भएको छ ।

प्रधानमन्त्री ओलीले अत्यन्त प्रतिकूल बाह्य र घरेलु  अवस्थाका बाबजुद लिएको साहसिक कदमले यो सम्भव भएको हो । स–साना मुद्धालाई गठजोड गरेर प्रधानमन्त्री विरुद्ध  निरन्तर आक्रमण गर्नेहरूले बुझ्नु पर्छ । नेपालीको आत्मसम्मान स–सम्मान फर्काउने कामको नेतृत्व उहाँले नै गर्नुभएको हो र उहाँकै कारण नेपालको अन्तर्राष्‍ट्रिय छवि स्थापित भएको हो ।