काठमाडौं, २९ फागुन – राष्ट्रपति पदका लागि आज निर्वाचन जारी छ  ।संघीय संसद भवन नयाँ बानेश्वरमा जारी निर्वाचनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मतदान गरिसक्नु भएको छ ।

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधानले व्यबस्था गरेका निर्वाचनहरु अब अन्तिम चरणमा पुगेकोले यसबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनबाट संस्थाहरुको मर्यादा भन्दा पनि स्वार्थमा लाग्ने प्रवृतिको अन्त्य भएको बताउनुभयो । उहाँले अब सरकारको विस्तार छिट्टै हुने जानकारी दिनुभयो । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा अघि बढ्ने बताउनुभयो । उहाँले अब मुलुकमा राजनीतिक स्थायीत्व हुने पनि बताउनुभयो ।