काठमाडौं, १२ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताउनुभएको छ ।

दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो । ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले देश निर्वाचनको बाटोमा गइसकेको बताउनुभयो । निर्वाचन गराउँदैनन् भन्नेको कुराको पछि नलाग्नुहोस्। चुनावको तयारीमा लाग्नुहोस् प्रधानमन्त्रीले भन्नुभयो, निर्वाचन हुँदैन भनेर बाटो अलमलिएका मान्छेको पछि नलाग्नुहोस्।’

नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताउनुभयो ।