नेपाल संयुक्त राष्ट्र संघबाट सदस्यता प्राप्त २९३ राष्ट्रहरु मध्ये भुगोलको हिसाबले ९३ औं र जनसंख्याको हिसाबले ४९ औं ठूलो मुलुक र कहिल्यै अन्य राष्ट्रको  उपनिवस नभएको स्वतन्त्र राष्ट्र हो । नेपालको इतिहासमा विभिन्न समयमा फरक फरक शासकिय प्रणालीमा भिन्न शासकको रुपमा विभिन्न व्यक्तिहरुको ईतिहास रहेको छ । एउटा शासन व्यावस्थाको विरुद्ध प्रस्तुत हुने र नेतृत्व स्थापित हुने गरेको ईतिहास नेपालमा बढि पाईन्छ ।

कुनै पनि मुलुकमा राजनैतिक प्रणाली र शासन व्यवस्था प्रमुख रहन्छ नै यसको साथसाथै राष्ट्र समृद्ध बनाउने र देश विकाश गर्ने सकारात्मक सोच र चेत सहित स्थापित नेतृत्व कम देखिएको ईतिहास हाम्रो सामुु छ । जसको फलस्वरुप अझै पनि नेपाल अल्प विकसित मुलुकको सूचिबाट माथि उठ्न सकेको छैन । नेपाल भन्दा धेरै पछि  राष्ट्रको मान्यता पाएको मुलुक र विगतमा नेपालको जस्तै अवस्था रहेका राष्ट्र आज विकसित मुलुकमा रुपान्तरण भैसकेका छन् । प्राकृतिक स्रोत साधन र प्रकृतिको धनी भएता पनि यसको उपयोग सही तरिकाले हुन नसक्नु र समृद्धिका लागि चाहिने पूर्वाधार विकाशमा बढी जोड दिन नसकेको कारण देशले तिब्र विकास गर्न नसकेको यथार्थ सबैको सामु छलङ्गै छ । 

नेपाली जनता भने प्रगतीगामी छन् समय क्रममा राजनैतिक परिवर्तन गरेका छन् भने जनमत पनि कुनै दल वा व्यक्ति प्रति प्रतिविम्वित हुने गरी दिएको ईतिहास छ तर नेता र नेतृत्वले भने त्यसलाई नबुझ्दा देशले  आशातित फड्को मार्न सकेको छैन । पछिल्लो निर्वाचन २०७४ को मत परिणाम हर्ने हो भने पनि के. पी. शर्मा ओली र उहाँले नेतृत्व गरेको दल प्रति जनताको अभिमतले सरकारको स्थाईत्व, समृद्धि र विकास चाहेको कुरा सामान्य जानकारी राख्ने व्यक्तिले पनि सजिलै बुझ्ने कुरा हो । यो परिस्थिति सिर्जना हुनुमा केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारले राष्ट्रियता प्रति राखेको अडान, विकास र समृद्धिको सपना ,शुसासन र भष्ट्राचार प्रतिको धारणाले नै हो भन्ने कुरा साधरण नागरिकले पनि बिर्सेका छैनन् । 

जब २०७४ फागुण ३ गते अत्याधिक बहुमत सहित दुई तिहाईको समर्थनमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो त्यति बेला उहाँ प्रति जनताको आशा, आकांक्षा र अपेक्षा बढी हुनु स्वभाविक पनि थियो । अहिले सरकार बनेको १९ महिना हुदाँ सरकारले शुरु गरेका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन काम सबैको सामु छ । कतिपय कामहरु तयारीकै क्रममा समय लाग्ने पनि गर्दछन् जसको परिणाम पछि आउँदे जानेछन् । हालसम्म सरकारले गरेको कामको दिशा र परिणाम सकारात्मक हुँदाहुदै पनि संचार माध्यम, सामाजीक मिडिया, बौदिक क्षेत्र, प्राज्ञिक क्षेत्रले नकारात्मकता तिर धारणा विकाश गर्न खोज्नु नकारात्मक सोचको उपज त होईन । नकारात्मक सोचको भनेको समृद्धि, विकास र भविष्य प्रतिको वाधक सोच पनि हो । सरकारले गरेका काम प्रति रचनात्मक आलोचना र सुझावलाई सरकारले पनि सकारात्मक रुपमा लिनुपर्छ तर विरोधको नाममा तथ्य र तथ्याङ्ग विना प्रतिशोधको भावनाले गरिने आलोचना वस्तुपरक हँुदैन । अहिले स्थानिय निर्वाचन देखि नै धेरै जस्तो नेता र व्याक्तिले स्मार्ट सिटीको कुरा गरेको सुनिन्छ ।

सकारात्मक सोचले सकारात्मक काम, सकारात्मक कामले सकारात्मक परिणाम ल्याउन मद्दत गर्छ । सकारात्मक सोच राख्ने व्याक्ति र नेतृत्व कम भए पनि विश्वका  राष्ट्रहरुमा उनिहरुले नै परिवर्तन गरेका  ईतिहास छन्  ।

विकास र समृद्धिका लागि भौतिक पूर्वाधार भएर मात्र पनि हुँदैन । सबैभन्दा पहिले स्मार्ट र सकारात्मक सोचाईको विकास हुन नसकुन्जेल स्मार्टको कुरा राजनैतिक नारा मात्र हुनेछ । सर्टिफिकेटको डिग्री पनि सबै कुरा होईन उनिहरुको चेतनाको स्तर र राष्ट्र प्रतिको व्यक्तिको कर्तव्य बोधको भावना जागृत हुन नसकुन्जेल अधिकारको कुराले मात्र देश बन्दैन । भिजनरी नेतृत्वले सुचनाको बहुद्वार र कार्यान्वयनको एकद्वारको प्रयोग बढि गरेको पाईन्छ । सबैकुराहरु सुन्न सक्ने र त्यसलाई राष्ट्र र जनताको पक्षमा हुने गरी निर्णय र कार्यान्वयन गर्न सक्ने नकि व्यक्तिगत र स्वार्थ समुहबाट प्रभावित भएर निर्णय हुन नपुगोस् ।

आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि सरकारले गर्नुपर्ने सकारात्मक कामका लागि आएका रचनात्मक सुझावले सरकारलाई सधैं टेवा नै पुग्नेछ । अल्प विकसित मुलुकहरुको एउटा गुण छ कुनै पनि नकारात्मक समाचार  वा घटना आयो भने छिनभरमा तरंगित हुने नयाँ शब्दमा भन्ने हो भने भाईरल हुन पुग्दछ तर राम्रो काम र सकारात्मक समाचार आयो भने त्यसको प्रभाव ढिलो तरंगित हुने गर्दछ । यो नकारात्मक सोचको उपज हो । बौदिक व्यक्तिहरु पनि सोसल मिडियामा आएको कुराहरुबाट प्रभावित भएर त्यसको वास्तविकता र तथ्य तथ्याङ्कमा नगई यसैको पछाडि लाग्दा वास्तविकता उजागर गर्नेको संख्या कम हुदैँ  गएको पाईन्छ ।

हालको समाजमा नकारात्मक सोच राख्नेको संख्यामा बृद्धि र सकारात्मक सोच राख्नेको संख्याको ह्रास आएको भान हुन्छ तर घर समाज र राष्ट्रको समृद्धिका लागि सकारात्मक सोचले नै पूर्णता पाउँछ । सकारात्मक सोचले सकारात्मक काम, सकारात्मक कामले सकारात्मक परिणाम ल्याउन मद्दत गर्छ । सकारात्मक सोच राख्ने व्याक्ति र नेतृत्व कम भए पनि विश्वका  राष्ट्रहरुमा उनिहरुले नै परिवर्तन गरेका  ईतिहास छन् त्यो सत्यताको नेपालमा पनि जीत हुनेछ त्यसैले समृद्धिका लागि सकारात्मक सोचको विकाश गरौं र समृद्ध नेपाल बनाउने अभियानमा टेवा पु–याऔं ।