काठमाडौ, २ वैशाख– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आउने १० बर्षभित्र मुलुकमा बिकासको अग्रगामी परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ । 

सोमबार काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन उद्घाटन गर्दे प्रचण्डले नीजि र सार्वजनिक निकायको समन्वयमा मुलुकमा अग्रगामी परिवर्तन हुने बताउनुभएको हो । उहाले राजनीतिक स्थायीत्व कायम गरेको र शान्ति प्रक्रियाका सवै काम उल्ल्ेख्य ढंगले पुरा गरेको धारणा राख्नुभयो । 

छिमेकी मुलुकसंगको सम्बन्ध थप प्रगाढ बन्दै गएको भन्दै उहाले मुलुकको बिकासमा बाह्य लगानी आउने वातावरण बनेको बताउनुभयो । विश्वबजारमा गुणस्तरिय कफीको निर्यातको लागी पूर्वाधारका लागी राज्यले भूमिका खेल्नुपर्ने उहाँको जोड थियो ।

त्यस्तै अनुसन्धानदेखि तालिमसंगको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गर्नुभयो । सरकारले आगामी बजेटमा बिशेष व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने पनि उहाले बताउनुभयो । नीजि क्षेत्रका व्यवसायीहरुलाई पनि कफि व्यवसायलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । 

सम्मेलनमा मुलुकका बिभिन्न क्षेत्रका कफि किसानहरुको सहभागीता रहेको थियो ।