काठमाडौं, २५ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमणको मिति तय भएको छ । भदौंको तेश्रो साता भारत तथा असोजको पहिलो साता प्रचण्ड चीन भ्रमणमा जान लाग्नुभएको हो ।

भाद्र २२ देखि २७ सम्म भारत भ्रमणमा जाने तय भएको  उहाँको सचिवालयले जनाएको छ।

त्यस्तैगरी  असोज १ गतेदेखि चीनको भ्रमणमा जाने समय तालिका रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँ करिब एक साता चीनमा बस्ने कार्यक्रम तय भए जनाइएको छ ।

पार्टी एकिकरणपछि प्रचण्ड पहिलोपटक दुई छिमेकी देशको भ्रमणमा जान लाग्नु भएको  हो । दुवै देशको भ्रमणमा उच्चस्तरीय भेटवार्ताहरु हुने उहाँको सचिवालयले जनाएको छ।