रक्सी खान थालेपछि खेम मेरो अगाडी नै पर्दैनथे : सायमी 

यी शब्द सच्चिएर बनेको थियो 'वारि जमुना-पारि जमुना'


Saturday, 27 Aug, 2016 3:46 PM

प्रकाश सायमी

 

 

हिजो ‘अजरअमर गीतहरू’ मा उनलाई समवेदना व्यक्त गरेर ४५ मिनेट कार्यक्रम चलाउँदा मलाई खेमको मसितका अनेक भेट याद आए । उनी पहिलोपटक ‘जीवन भाग १’ लिएर मलाई भेट्न आउँदा गीत त्यति चलेको थिएन । उनको गीतको एक अन्तरा ‘पोडे होला च्यामे होला तिम्रै माया लाग्छ है’ भन्ने पंक्तिमा आपत्ति आएपछि उनले मलाई भने, ‘दाइ यसमा अब के गर्ने ?’ गीतमाथि चारैतिरबाट हमला भएपछि उनले त्यो पंक्ति हटाएर रेकर्ड गरे फेरि ।

 

गीतको अर्को पंक्ति ‘कालिम्पोङको मैनाचरी टिस्टा झरी’ भन्ने पंक्तिमा दार्जिलिङतिर विरोध भयो भन्ने खबर आएपछि खेमले एक दिन मलाई भने, ‘दाजु, यसमा किन विरोध भएको होला ?’  त्यति वेला दार्जिलिङमा ‘उदय र मनिलाको एकल साँझ’ चल्दै थियो । मैले फोन गरेर सोध्न भनेँ, उनले बुझे त्यस्तो खास आपत्ति होइन रहेछ ।

 

‘वारि जमुना पारि जमुना’ चल्न सुरु भएपछि खेम, डा भोला रिजाल र म सिनामंगलको मयंक स्कुलमा सँगै गएका थियौँ, डा। भोला एक्लै फर्के । हामी दुवै सँगै फक्र्यौं, ट्याक्सीमा । खेमलाई मैले भने, ‘भाइ, प्रसिद्धिलाई जोगाउनुपर्छ है ।’ म पोखरा पुगेँ, रेडियो अन्नपूर्णमा २०५८ । खेमलाई मैले पोखरा बोलाएँ, ऊ जीवन भाग–२ लिएर आइपुग्यो ।

 

०५८ सालको वैशाखमा मैले ‘पोखरा कल ईन’ मा उसको अन्तर्वार्ता लिँदै थिएँ, रेडियो अन्नपूर्णको कम्पाउन्डमा भीड लागिसकेछ । एफएमको कोठामा राखेर उनीसित भेटघाट गराएँ, उनका शुभेच्छुकसित । समय बित्दै गयो । रविराज बरालले ‘रमझम’ नामक सिनेमा बनाउने भयो, खेमको गीत पनि प्रयोग गर्ने भयो । खेम फेरि पोखरा आए, हामीले त्यो गीत कसरी प्रयोग गर्ने सल्लाह गर्र्यौं ।

 

यस फिल्मको स्क्रिप्ट मैले लेख्दै थिएँ, रविले महँगो भयो भनेर पछि अरुलाई लेखाए । सुटिङका क्रममा खेमलाई मैले पोखराका स्रष्टासित भेटघाट कार्यक्रम राखेँ, ईश्वर गुरुङको हार्ड रक क्याफेमा । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पंगेनी, रमेश श्रेष्ठ, विनोद गौचन आदिसित उनको पहिलो भेट त्यहीँ भएको थियो । खेम केही साहित्यकारको गीत गर्न चाहन्थे ।

 

 

म पोखरा हुन्जेल खेम पोखरा आइरहन्थे, सरसल्लाह र मार्ग निर्देशन मागिरहन्थे तर उनी 'ड्रिंक' गर्न थालेपछि मेरो अगाडि पर्दैनथे । खेमले ०५८ को मंसिर महिनामा खाँदबारी तुम्लिङटारमा साहित्यकार सरुभक्त र मलाई विशेष अतिथिमा निम्त्यायो । सरुभक्त त झोला तुम्बा बोकेर एयरपोर्टसम्म पुगे, तर म जान सकिनँ ।

 

देशमा संकटकाल लागेका बेला एफएममा मेरो निगरानी जरुरी थियो, मैले खेमभाइसित माफी मागे । रेडियो अन्नपूर्ण छाडेपछि म काठमान्डु फर्केर आएपछि च्यानल नेपालको निम्ति खेमको मैले धेरैपटक अन्तर्वार्ता गरेँ र एउटै कुरा भने, ‘भाइ प्रसिद्धिलाई जोगाउनुपर्छ ।

 

अनि बहिनीलाई कस्तो छ ?’ खेमकी श्रीमती जसको नाउँ धेरैलाई थाहा छैन, उनी हङकङ बस्थिन् । म उनको नाउँ अन्त्यमा भन्छु । खेम मेरो छिमेकमा भाइ बालिस लिम्बूको बिहेमा जन्ती आए, र त्यो घरका सबै जन्ती मेरै घरको आँगनमा जम्मा भएका थिए । खेमलाई मैले मेरो लाइब्रेरीमा ल्याएर राखेँ र भने, ‘के लिन्छौ ?’

 

उनले लजाईलजाई एउटै पेय पदार्थको नाम लिए, मैले भने, ‘ठीक छ भाइ यहाँ पिउन मनाही छ तल जाऊँ ।’ खेमलाई त्यतिबेला पनि ‘भाइ, प्रसिद्धिलाई जोगाउनुपर्छ ।’ यो कुरा एकपटक मैले झन्डैझन्डै गइसकेका गायक राजेश पाइल राईलाई पनि कालिका एफएमको अवार्ड थाप्न चितवन आउँदा उनलाई सम्झाएको थिएँ, राजेशले मेरो हात समात्दै भनेका थिए, ‘दाइको वचन राख्छु ।’ म कलाकारलाई माया गर्छु, तर कलाकारलाई कलाकारले नै बिगारिरहेका हुन्छन् । गायक मधु क्षेत्री कुनै समय भन्थे, ‘साथीभाइले चौबीस घन्टा दिल खोलेर रक्सी खुवाउन सक्छन्, तर एकछाक घरमा लगेर भात खुवाउँदैनन् ।’

 

यो हाम्रो रोग हो । खेम काठमान्डू बस्थे, उनकी पत्नी गुडिया अर्थात् गुडीकली हङकङ बस्थिन्, गुडियाका साथी बालिश, दर्शना लिम्बू मेरा छिमेकी थिए । र, यही कारण एकपटक खेम मेरो छेउमा एउटा घर किन्न पनि आएका थिए । ‘दाइसँग बस्न मन छ’ उनले भनेका थिए ।

 

त्यतिबेला उनीसँग चलचित्र निर्देशक रामबाबु गुरुङ पनि आएका थिए । तर, त्यो घर असाध्यै महँगो भएको भएर खेम मसँग बस्न पाएनन् । ‘जीवन पनि असाध्य महँगो रहेछ,’ खेम र मैले सँगै कुनै गीतमा काम पनि गर्न पाएनौँ । खेम र मैले ‘अनमोल जिन्दगी’ नामक एउटा एल्बम गर्ने कुरो पनि थियो, ‘हाम्रो जिन्दगी नै अनमोल रहेछ, खेम ।’

 

खेम अनामनगर, बागबजारतिर खुब घुम्थे, त्यहाँ विभिन्न किसिमका जमघट हुन्थे । यी जमघटमा भेला हुने उनका साथीभाइले बिस्तारै लेख्लान्, खेमको कमजोरी के हो भनेर रु तर मलाई जहाँसम्म थाहा छ, खेमको कमजोरी उसका साथीभाइ हुन्, साथीभाइले भनेपछि उनी जे पनि गर्थे ।

 


खेम तिमीलाई हार्दिक श्रद्धाञ्जलि ।

 

बहिनी गुडियाको जीवनमा आएको यो शोकको घडीमा हामी साथै हुन सकौँ । खेमजस्तै चर्चामा रहेका अन्य कलाकारले यो कुरा अवश्य बुझौँ, जीवन अनमोल छ ।

 

(सायमीको फेसबुकबाट)

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top