नाकाबन्दीबारे प्रश्न गर्दा यसरी कुरा टारे मुखर्जीले 

'भ्रमण मित्रताको मिसन हो'


Thursday, 3 Nov, 2016 11:47 AM

 

काठमाडौं, १८ कात्तिक–भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नाकाबन्दीबारे सोधिएको प्रश्नको जवाफ कूटनीतिक ढंगले दिएर पन्छिएका छन् । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले अन्तरवार्ता लिने क्रममा मुखर्जीसँग नाकाबन्दीबारे सोधेका थिए । तर मुखर्जीले त्यसको जवाफ दिन चाहेनन् र कुरा मोडे ।

 

उनलाई सोधिएको थियो, 'नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न भारतले अलि बढी नै गरेको, खासगरी साढे चार महिना लामो अघोषित सीमा नाकाबन्दी लगाएको विषयलाई लिएर नेपालभित्र र बाहिर पनि भारतको निकै आलोचना भयो नि ?


त्यसको जवाफ मुखर्जीले यसरी दिए -'हाम्रो खुला सिमाना भएका कारण नेपालभित्र भएका घटनाक्रमको असर सीमापारि पनि पर्न सक्छ । तर के नबिर्सौं भने हाम्रो सम्बन्ध र सहकार्य पृथक किसिमको हो, जुन दुवै पक्षका जनताको सघन सम्पर्कद्वारा निर्देशित छ । भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ । यसकारण निकट मित्रका रूपमा हामी दिगो शान्ति र स्थायित्वका लागि गरिने हरेक प्रयासको स्वागत गर्छौं । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग र शुभेच्छा रहन्छ ।


पत्रकार शर्मा र उपाध्यायले त्यहि विषयमा अर्को प्रश्न गरे -'धेरैको बुझाइमा नाकाबन्दीले नेपाली समाजलाई धु्रवीकृत गर्ने र भारतविरोधी भावना बढाउने काममात्रै गर्‍यो । भारतको राष्ट्रप्रमुखका रूपमा तपाईंले यो आलोचनाको कसरी जवाफ दिनुहुन्छ ?


यस प्रश्नको पनि मुखर्जीले कुटनितीक ढंगले जवाफ दिए । उनको जवाफ यस्तो छ :

'भारतको 'छिमेक प्राथमिकता' नीतिको केन्द्रीय भाव वा दर्शन भनेको निकट सम्बन्ध र समृद्धिमा सहभागिता हो भन्ने मलाई लाग्छ । हाम्रो नेपालसँगको सम्बन्ध दुई देशको दीर्घकालीन हितमा आधारित हुनेछ । नेपाल र भारतले विकाश, शान्ति, आर्थिक समृद्धि र जनताका भलाइका लागि सँगै मिलेर काम गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।’

 

मुखर्जीसँगको अन्तर्वार्ता आजको कान्तिपुर दैनिकमा छापिएको छ 

 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top