काठमाडौं, १४ चैत - पुरा विश्व कोरोनाको महामारीसंग लडिरहेको छ । यस्तो समयमा भारतले पनि २१ दिने लकडाउन जारी गरेको छ ।

यस्तो समयमा भारतमा कलाकारहरुले सकेको रकम दान गरिरहेका छन् । यस्तैमा बाहुबली स्टार प्रभासले पनि कोरोनाको लागि ४ करोड भारतीय रुपैयाँ दिएका छन् । उक्त कुरालाई प्रभासले आफ्नो टिव्टरमार्फत सार्वजनिक गरेका छन् ।

यस्तोमा रजनीकान्त, पवन कल्याण लगायतले रकम दान गरेका छन् । उनी पछिल्लो समय हिन्दी फिल्म साहोमा देखिएका थिए ।a