काठमाडौं, ३ माघ– युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेम दङगालले आफ्नो ४ वर्षे कार्यकाल पुरा गर्नुभ्एको छ ।

स्वरोजगार कोषमा रहदा उहाँले गर्नुभएका मुख्य–मुख्य काम र उपलब्धीहरु आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको छ ।  सोही अवसरमा बोल्दै डा.दङगालले हालसम्म ७२,६४३ युवालाई स्वरोजगार बनाईएको र २८,६६९ जनालाई स्वरोजगारको अवसर सिर्जना गरिएको बताउनु भएको छ । आफनो कार्यकालमा बेरुजु फर्छ्योट ७१.८ प्रतिशत सम्म पुर्याईएको र भाका नाघेको कर्जा असुली ५ प्रतिशतमा सिमित गर्न सकेको अर्थात ९५ प्रतिशत असुल भएको बताउनुभयो । साथै आफनो कार्यकालमा खराब कर्जा ३० करोड असुल गर्न सफल भएको उहाँको भनाइ थियो ।

सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई अनुशिक्षण तालिम प्रदान गरिएको, कोषमा कार्यरत कर्मचारी तथा जिल्लास्थित कार्यालयका स्वयमसेवकका लागि क्षमता अभिबृद्धि तालिमहरु पनि सन्चालन गरिएको उहाँले बताउनुभयो । उपाध्यक्ष दङगालले आफ्नो कार्यकालमा कोषलाई भष्ट्राचारमुक्त बनाउन सफल भएको दाबी गर्नुभएको छ ।