काठमाडौं, २४ साउन–लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिनुभएको हो । उहाँले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको बताउनुभएको छ । उहाँका छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आफ्नै घरको एक एक कोठामा आईसोलेसन बसेको बताउनुभएको छ ।