जलवायु परिवर्तन विश्व समुदायकै लागि गम्भीर चुनौती– राष्ट्रपति भण्डारी 


Wednesday, 11 Jan, 2017 11:51 AM

काठमाडौं, २७  पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले जिविकोपार्जनमा परेका नकारात्मक प्रभाव घटाउन विश्वले सहकार्य गर्नु पर्ने वताएकी छिन् । “जैविक विविधता, जलवायू परिवर्तन तथा जीविकोपार्जनमा असर” विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन र विश्वब्यापी उष्णता संसारसमु गम्भीर चुनौतीका रुपमा देखा परेको वताइन् । 


‘जैविक विविधता मानव रक्षा र जीविकोपार्जनमा अपरिहार्य रहेको कुरा हामीलाई अवगतै छ । हालैका वर्षमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णता जैविक विविधता तथा आमजनताको जीविकोपार्जनमा गम्भीर चुनौतीका रुपमा खडा भएका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायले तयार पारेको मूल्यांकन प्रतिवेदन अनुसार औसत तापक्रम विश्वव्यापी रुपमा क्रमशः वृद्धि भइरहेको छ’ राष्ट्रपति भण्डारीको भनाई थियो, ‘सहस्राब्दि पर्यावरण मूल्यांकनले अझ निराशाजनक चित्रण गरेको छ र शताब्दिको अन्तसम्ममा जैविक विविधतामा ह्रास ल्याउने प्रमुख कारक तत्वमध्ये जलवायु परिवर्तनलाई आँैल्याइएको छ । यस्तो भयावह भविष्यवाणीले आगामी समयको डरलाग्दो स्थितिको पूर्वानुमान गर्न सकिन्छ ।’ 


विश्वब्यापी उष्णताले हिउँ पग्लिने र हिमताल फुटेर आउने बाढी पहिरोले प्रकृति र मानव जीवनमा नकारात्मक प्रभाव परेको राष्ट्रपति भण्डारीको भनाई थियो । ‘विश्वव्यापी उष्णतामा हाम्रो योगदान नगण्य हुँदा पनि हिउँ पग्लने र हिमतालको विष्फोटनबाट हुनसक्ने वाढीको खतरा, वनविनाश, भूक्षय र मरुभूमीकरण, अमूल्य जैविक सम्पदाको ह्रास, खडेरी र पहिरोको प्रकोप तथा पानीको स्रोतमा कमी, वासस्थान र माटोको उत्पादकत्वमा प्रभाव र वसाइसराइजस्ता जलवायु परिवर्तनका नकारात्मक प्रभावबाट हामी पीडित छौ’ राष्ट्रपति भण्डारीले भनिन् । 

 

उनले जीवन र जीविकोपार्जनको स्तरोन्नत्तिका लागि भौगोलिक विविधता अनुरुप उपयुक्त पर्यावरणमैत्री योजना बनाइ कृषि, फलफूल उत्पादन, नगदे वाली र पशुपालनको विकासमा जोड दिनुपर्ने वताइन् । ‘गाईपालनद्वारा दुग्ध पदार्थको उत्पादन र प्राकृतिक मलखादको प्रवन्ध गरी बालबालिका लगायत परिवारका सदस्यको पोषण, कृषिजन्य उत्पादन र घरेलु उर्जाको व्यवस्थामा जोड कृषि प्रधान हाम्रो मुलुकको सामान्यतः स्वावलम्वी ग्रामीण अर्थतन्त्रको पुरानो परम्परा हो’ राष्ट्रपति भण्डारीको भनाई थियो, ‘यो अनुपम प्रणालीलाई बदलिँदो परिवेशमा अरु सशक्त र वैज्ञानिक आधारकासाथ जीवन्त राख्न पर्यावरणमैत्री कृषि उत्पादन र विशेषतः जैविक कृषि, उन्नत नश्लको गाईपालन, शौर्य उर्जाको विकास र ग्रामीण रोजगारीको प्रवन्धतर्फ ध्यान दिनु जरुरी छ ।’ 
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top