काठमाडौं, ८ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ ।  उहाँले सामाजिक सञ्जाल ट्विटमार्फट बाइडेनलाई शुभकामना तथा बधाई दिनुभएको हो  ।

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा बाइडेनले गएराति शपथ लिनुभएलगत्तै प्रधानमन्त्री ओलीले उहाँलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको हो  ।

प्रधानमन्त्री ओलीले शुभकामना तथा बधाई सन्देशमा दुई देशबीचको पारम्पारिक सम्बन्ध बाइडेनको कार्यकालमा न्यानो र मैत्रीपूर्ण रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ ।