काठमाडौं, १८ भदौ – नेपाली चलचित्रकी अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीको चर्चा कुनै न कुनै रुपमा दैनिक प्राय हुने गरेको छ । आकर्षक शारीरिक बनावट र सुन्दर अनुहार भएकी नायिका कार्कीको एक्टिंङ, नृत्य, गायनमा समेत पोख्त भएकै कारण उनको चर्चा चल्ने गर्छ । तर यतिखेर उनको कलाकारिता भन्दा बढि अहिले प्रेम प्रसंगले निकै चर्चा पाएको छ ।

चपली हाईट दुईबाट चलचित्रमा देखिएका नायक आयुष्मान देशराजसँगको प्रेम अफेयर्सका कारण पछिल्लो समय चर्चामा रहेको यो जोडीको चर्चा अहिले झनै बढदै गएको छ । आफुहरुले एक अर्कालाई माया गर्ने गरेको स्वीकार गरेको यो जोडीले यतिखेर कही छुट्टी मनाउँदै गरेको फोटो सार्वजनिक गरेको छ ।

आयुष्मान देसराजसँग प्रेममा रहेकी नायिका प्रियंका कार्कीले हुने वाला सासु रविना देशराज जोशीसँग रमाइलो गरेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा सार्वजनिक गर्नुभएको छ । छोरासँग प्रेममा रहेकी नायिका कार्कीले लिएको सेल्फी फोटो आफ्नो इन्ट्रग्राममा पोष्ट गरेपछि यतिखेर प्रियंका कार्की र बैंकर आमा रबिना देशराजको चर्चा झन् बढ्दै गएको छ ।

नायिका कार्कीले पोष्ट गरेको सेल्फीमा दुवै जना हट मुद्रामा देखिएका छन । आमा बैकर रविना देशराज जोशी मेघा बैककी कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँका दुवै छोरा आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी अहिले चलचित्रमा व्यस्त छन् ।

थप तस्बिरका लागि प्रियंकाको इन्स्टाग्राम हेर्नुहोस् ।