काठमाडौं, २० र्मसिर – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको काममा दुर्गम क्षेत्रमा खटिएका ईन्जिनियरहरुले पाउँदै आएको सेवा, सुविधा र भत्ताको पुनः प्राप्तिका लागि प्राधिकरणका तर्फवाट सरकारसँग पहल गर्ने बताउनुभएको छ ।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन ) ले बुझाएको ज्ञापन पत्र बुझ्दैँ ज्ञवालीले पछिल्लो समय पुनर्निर्माणले गति लिनुमा ईन्जिनियरहरुको उल्लेखनिय भूमिका रहेको र पुनर्निर्माणलाई थप तिव्रता दिन ईन्जिनियरहरुको मागलाई यथाशिघ्र सम्वोधन गर्ने बताउनुभयो ।

ज्ञापनपत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ईन्जिनियरहरुले पाउँदैँ आएको सेवा, सुविधा पुनः पाउनुपर्ने, पुनर्निर्माणमा खटिएका ईन्जिनियरहरुलाई पुनर्निर्माण कार्य सकिएपछि पनि सरकारले उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग गरिएको छ ।